राष्ट्रिय सभा निर्वाचनमा एमाले र लोसपाबीच चुनावी एकता
नेपालबहस संवाददाता
माघ ६, २०७८ शुक्रबार १:५३:५५
६ माघ, जनकपुरधाम । आसन्न राष्ट्रिय सभा निर्वाचनअन्तर्गत मधेस प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी ‘लोसपा’ बीच चुनावी एकता भएको छ ।
१२ माघमा हुने राष्ट्रिय सभाको निर्वाचनको लागि दुवै पार्टीले गठबन्धन घोषणा गर्दै आ-आफ्ना उम्मेदवारलाई साझा उम्मेदवारको रुपा प्रस्तुतसमेत गरेका छन् । बिहीबार जनकपुरधाममा दुवै पार्टीले संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गरे गठबन्धनको घोषणा गरेको हो ।
राष्ट्रिय सभा सदस्यको लागि अन्य कोटामा एमालेबाट उसमान अन्सारी र लोसपाबाट महिलातर्फ रुपा यादवले उम्मेदवारी दिने भएका छन् । महिला कोटामा उम्मेदवारी दिएकी एमालेकी बिनादेवी साहले भने आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् । पत्रकार सम्मेलनमा साहले पार्टीका आग्रहमा आफूहरूले उम्मेदवारी फिर्ता लिएको बताइन् ।
गठबन्धन घोषणा कार्यक्रममा एमाले सचिव रघुवीर महासेठले राष्ट्रिय सभाको निर्वाचनको लागि भएको गठबन्धन अन्य निर्वाचनमा पनि जान सक्ने बताए । राष्ट्रियताको सवालमा एमाले र लोसपाबीच समानता रहेकोले विचारहरू मिल्दै गए भने गठबन्धन लामो समयसम्म टिक्ने उनले बताएका छन् ।
कार्यक्रममा लोसाका प्रदेश अध्यक्ष तथा मधेस प्रदेशका संसदीय दलका नेतासमेत रहेको जितेन्द्र सोनलले मधेसको विषयमा अन्य राष्ट्रिय पार्टीभन्दा नेकपा एमाले राम्रो रहेको बताए । मधेस आन्दोलनकारीमाथि लागेको मुद्दा फिर्ता, जन्मसिद्ध नागरिकका सन्तानको नागरिकता, संविधान संशोधनलगायतका विषयमा एमालेले सकारात्मक रहेकोले विगतमा लोसपाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरेको उनको भनाई थियो ।
गठबन्धन घोषणा कार्यक्रममा एमाले नेता लीलानाथ श्रेष्ठ, जुली महतो, लोसमा सांसद परमेशर साह, जयनुल राइन, रानी शर्मा तिवारीलगायतको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउमेर पुगी बिहे गर्नेलाई ५० हजार दिने
चैत ५, २०८० सोमबार
दश करोडको लागतमा नगर भवन निर्माण हुने
चैत ५, २०८० सोमबार
पर्सामा राष्ट्रिय भुमी आयोगले १ सय ५७ जना भुमीहीनलाई लालपुर्जा दिने
चैत ४, २०८० आइतबार
काली कम्बल वाले बाबा फरार, आयोजकलाई समात्न खोज्दा झडप
आबिद हुसेन
चैत ४, २०८० आइतबार
विनोद चौधरीलाई पक्राउ गर्ने सीआईबीको तयारी
नेपालबहस संवाददाता
चैत ४, २०८० आइतबार
जीवन चलाउने कि प्रहरीका उच्च अधिकारी खेलाउने ? सुनौँ अडियो
नेपालबहस संवाददाता
चैत ५, २०८० सोमबार
हुण्डीको कारोबारामा संलग्न रहेको आरोपमा वीरगञ्जबाट एक जना पक्राउ
चैत ५, २०८० सोमबार
बन्दुकसहित दुर्गा प्रसाईंका सुरक्षा गार्ड पक्राउ
चैत ५, २०८० सोमबार
शासकहरू
चैत ५, २०८० सोमबार
धार्मिक र सांस्कृतिक रुपमा महत्वपूर्ण रहेको गोसाइँकुण्ड
चैत ६, २०८० मंगलबार
होलीको गीतले गुञ्जायमान हुन थाल्यो मिथिला !
चैत ६, २०८० मंगलबार
नेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी तालिम सम्पन्न
चैत ६, २०८० मंगलबार
नारायणगढ-मुग्लिन सडकखण्डमा थप तीन पुल यसै साता सञ्चालन आउने
चैत ६, २०८० मंगलबार