६ माघ , काठमाडौं । उच्च अदालत पाटनका १३ न्यायाधीश कोरोना भाइरसबाट संक्रमित भएका छन् । अदालतका रजिष्टार ठगेन्द्र कट्टेलका अनुसार ५७ कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै सर्वोच्च अदालतमा एक न्यायाधीश र ३९ कर्मचारी कोरोनाबाट संक्रमित भएका छन् । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार देशभरिका अदालतमा न्यायाधीश र कर्मचारीसहित १५० भन्दा बढीलाई कोरोना संक्रमण भएको छ ।