अनलाइनमार्फत जुवा खेलाउने गिरोह प्रहरी फन्दामा
नेपालबहस संवाददाता
माघ ६, २०७८ शुक्रबार २:१६:१६
६ माघ, काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाका विभिन्न स्थानमा सम्पत्ति हारजित हुनेगरी अनलाइनमार्फत जुवा खेलाउने गरेको एउटा गिरोह प्रहरीको फन्दामा परेको छ । प्रहरीले उक्त गिरोहका १२ जनालाई पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले कीर्तिपुर नगरपालिका–६ चोभारबाट अनलाइनमार्फत जुवा खेलाइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौंको कीर्तिपुर–६ चोभारका सुजेन्द्र थापा, सोही ठाउँका मनिष थापा, समीर थापा, कविता थापा, रविन खड्का, कीर्तिपुरकै बुद्ध महर्जन, रोजा महर्जन, साहिल महर्जन, हनिशा महर्जन, प्रदीपमान सिंह बस्नेत र रमादेवि श्रेष्ठ छन् । उनीहरुको साथबाट १७ थान मोबाइल, १४ थान ल्यापटपलगायत सामग्री बरामद गरिएको महाशाखाले जनाएको छ ।
पक्राउ परेकालाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर, काठमाडौँको जिम्मा लगाएको छ । सुजेन्द्र थापा, प्रदीपमान सिंह बस्नेत र बुद्ध महर्जनले आवश्यक व्यवस्था गरी तीन घरमा २४सै घण्टा अनलाइनमार्फत जुवा खेलाउन कर्मचारीसमेत राखेको खुलेको छ ।
यसरी खटिएका कर्मचारीले फेसबुकमार्फत अमेरिका तथा युरोपका विभिन्न देशका नागरिकलाई साथी बनाई विभिन्न खेलमा अमेरिकन डलर लोड गर्न लगाई खेल खेल्न लगाउने तथा जित्ने पक्षलाई तोकिएको धनरासीसमेत पुरस्कारका रुपमा दिने गरेको पाइएको छ ।
सोधपुछका क्रममा १० महिना अगाडिदेखि महिनाको करिब एक लाख अमेरिकी डलर रकम हारजित हुने गरी अनलाइनमार्फत् जुवा खेलाउने गरेको पाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइप्रका हिरासतमा छन सहकारीको १ अर्ब बढी ठगेको आरोपमा बुटवल ल्याइएका दीपेश पुन
चैत ३, २०८० शनिबार
काली कम्बल वाले बाबा फरार, आयोजकलाई समात्न खोज्दा झडप
आबिद हुसेन
चैत ४, २०८० आइतबार
विनोद चौधरीलाई पक्राउ गर्ने सीआईबीको तयारी
नेपालबहस संवाददाता
चैत ४, २०८० आइतबार
जीवन चलाउने कि प्रहरीका उच्च अधिकारी खेलाउने ? सुनौँ अडियो
नेपालबहस संवाददाता
चैत ५, २०८० सोमबार
प्रचण्ड झण्डैझण्डै दुर्घटना परिसकेका थिएः नेपाल
नेपालबहस संवाददाता
चैत ३, २०८० शनिबार
हुण्डीको कारोबारामा संलग्न रहेको आरोपमा वीरगञ्जबाट एक जना पक्राउ
चैत ५, २०८० सोमबार
बन्दुकसहित दुर्गा प्रसाईंका सुरक्षा गार्ड पक्राउ
चैत ५, २०८० सोमबार
शासकहरू
चैत ५, २०८० सोमबार
पर्वतको पैंयुँ पालिकामा बाँदर धपाउन कर्मचारी !
चैत ६, २०८० मंगलबार
सुनको मूल्य प्रतितोला सात सयले बढ्यो, कतिमा हुँदै छ किनबेच ?
चैत ६, २०८० मंगलबार
रुसी सेनामा भर्ना भएका ३३ जना नेपालीको मृत्यु
चैत ६, २०८० मंगलबार
प्रतिक्षित फिल्म ‘महाजात्रा’ सबै दर्शकले हेर्न पाउने
चैत ६, २०८० मंगलबार
सर्वोत्तम सिमेन्टको पहिलो कारोबार नेप्सेमा खुला
चैत ६, २०८० मंगलबार
बोनस शेयरमा लाग्ने कर तिर्न शेयरधनीलाई आग्रह
चैत ६, २०८० मंगलबार