वैशाखमा संघीय संसदको निर्वाचन प्रस्ताव : गठबन्धन जोगाउने प्रचण्ड कुटील चाल
नेपालबहस संवाददाता
माघ ६, २०७८ शुक्रबार २:५४:५३
६ माघ, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन चाडो गर्न दबाब दिएका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसदको निर्वाचन पहिला गर्नुपर्ने भन्दै ट्वीष्ट गरेका छन् । स्थानीय तहको निर्वाचनमा कांग्रेस एक्लै निर्वाचनमा जाने र त्यसको असर संघीय निर्वाचनमा गठबन्धन टुट्न सक्ने अवस्थालाई ध्यानमा राखेर प्रचण्डले एमालेलाई देखाएर संघीय संसदको निर्वाचन पहिला गर्नुपर्ने तर्क अघि सारेका हुन् । ‘स्थानीय तहको निर्वाचन शुरुमा गर्दा गठबन्धन टुट्ने मनोविज्ञानले काम गरेको छ प्रचण्ड त्यही मनोविज्ञान अन्र्तगत संघीय संसदको निर्वाचन गर्नुपर्ने प्रस्ताव अघि सारेको देखिन्छ’, कांग्रेस निकट एक नेताले भने ।
गठबन्धन मध्ये प्रधानमन्त्रीको पद सम्हाली रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन वैशाखमै गर्ने सोचमा रहेका छन् । तर र सत्ता गठबन्धनका शीर्ष नेताबीच वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने विषयमा मत विभाजित भएको छ । प्रधानमन्त्री देउवाले स्थानीय तहको चुनाव वैशाखमै गर्ने प्रस्ताव अगाडि सारिरेहेका बेला प्रचण्डले संघीय संसदको निर्वाचन वैशाखमा गर्नुपर्ने तर्क अघि सारेका हुन् ।
‘देउवाको प्रस्तावमाथि विमति राख्दै गठबन्धनको उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाखमा संघीय निर्वाचन गर्नुपर्ने प्रस्ताव राखेका थिए’, वालुवाटार निकट स्रोतले भन्यो । प्रचण्डको प्रस्तावमा नेकपा (एकीकृत समाजवादी) बाहेक, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले समर्थन जनाएका छन् । माधव नेपालको पार्टी समाजवादी र काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले वैशाखमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने विषयमा अडान लिएको अवस्था छ । स्थानीय निर्वाचनबारे प्रधानमन्त्री र शीर्ष नेताबीच एक मत नहुँदा गठबन्धनमै गडबड पैदा भएको छ ।
तर पछिल्लो पटक प्रचण्डले माधव नेपाललाई पनि संघीय संसदको निर्वाचन पहिला गर्नुपर्नेमा सहमति गराइसकेको बुझिएको छ । ‘माधव नेपालले पनि संघीय संसदको निर्वाचन अघि गर्नुपर्छ भन्ने प्रस्तावमा सहमति गरेमा उनले एमालेलाई गाली गर्नुको औचित्य हुनेछैन’, कांग्रेसका एक केन्द्रीय सदस्यले भने । उनका अनुसार माधव नेपालको पार्टीलाई पनि केही सिटमा चुनाव जिताउने र केन्द्रीय सत्ता राजनीतिको साँचो प्रचण्डकै हातमा राख्नेगरी प्रचण्डबाट यस्तो प्रस्ता आएकोमा कांग्रेसभित्र पनि मतभेद भएको छ । स्थानीय निर्वाचन अगाडि गर्ने कि संघ र प्रदेशको भन्नेबारे काँग्रेसभित्रै एकमत रहेको अवस्था । ‘कांग्रेसले स्थानीय तहको निर्वाचन पहिला हुनुपर्ने अडान कायमै राखेको छ’, स्रोतले भन्यो । यही क्रममा विहीबार अपरान्ह देउवा, प्रचण्ड, र माधव नेपालबीच भेटवार्ता भएको छ ।
उनीहरुबीचको छलफलपछि सत्तारुढ गठबन्धनको बैठक शुक्रबार अपरान्ह ४ बजेका लागि बोलाइएको छ । मंगलबार उच्चस्तरीय समन्वय समिति बैठक बस्नुअघि प्रधानमन्त्री देउवाले पार्टीका शीर्ष नेतासहित कानुनमन्त्री दिलेन्द्र बडू र महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई राखेर छलफल गरेका थिए । उक्त बैठकबाट देउवा स्थानीय तहको निर्वाचन वैशाखमै गर्नुपर्ने निष्कर्षमा पुगेको स्रोतले जनाएको छ । देउवाले वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने कुरा रोक्न नसकिने बताइसकेको अवस्थमा प्रचण्डलाई अप्ठेरो भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आउने वैशाखमा संघीय चुनाव गर्ने, स्थानीय चुनाव सारेर कात्तिक वा मंसिरमा गर्ने प्रस्ताव गरेपछि राजनीति गठबन्धनभित्र पूरै तरंग उत्पन्न भएको थियो । एमालेका नेताहरूले स्थानीय चुनाव कसैगरी पनि सार्न नपाइने बताइसकेका बेला प्रचण्डले एकाएक एमालेले संसद चल्न दिएन संघीय संसदको निर्वाचन गरौ भन्ने प्रस्ताव गरेका थिए । ७५३ स्थानीय तहको चुनावमा गठबन्धनका दलहरुले गठबन्धन गर्न सम्भव नहुने भएपछि प्रचण्डले गठबन्धन कायम राख्नेगरी यस्तो प्रस्ताव गरेको आँकलन गरिएको छ ।
विशेषगरी नेपाली कांग्रेसका कार्यकर्ताले संघीय संसदको चुनावमा गठबन्धन गर्न नमानिएको अवस्थामा स्थानीय निकायमा पनि यो संभव नहुने भएपछि प्रचण्डले एक्कासी यस्तो प्रस्ताव आएको भन्दै कांग्रेस नेता कार्यकर्ताले स्थानीय निकायको निर्वाचन समयमा गर्न आग्रह गरिरहेका छन् । बिना गठबन्धन स्थानीय पालिकाहरूमा जित्न मुख्यतः माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई कठिन हुनेछ । माओवादीलाई पनि स्थानीय निकायको चुनाव सजिलो छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीवन चलाउने कि प्रहरीका उच्च अधिकारी खेलाउने ? सुनौँ अडियो
चैत ५, २०८० सोमबार
काली कम्बल वाले बाबा फरार, आयोजकलाई समात्न खोज्दा झडप
आबिद हुसेन
चैत ४, २०८० आइतबार
विनोद चौधरीलाई पक्राउ गर्ने सीआईबीको तयारी
नेपालबहस संवाददाता
चैत ४, २०८० आइतबार
जीवन चलाउने कि प्रहरीका उच्च अधिकारी खेलाउने ? सुनौँ अडियो
नेपालबहस संवाददाता
चैत ५, २०८० सोमबार
प्रहरी हिरासतमा रहेका महरालाई उपाध्यक्ष पदबाट राजीनामा दिन प्रचण्डको दवाव
चैत ६, २०८० मंगलबार
दैनिक हनुमान चालिसा पाठ गर्नुहोस्, जीवनमा आश्चर्यजनक लाभहरू पाउनुहुनेछ
चैत ६, २०८० मंगलबार
आदर्शका गफ छाट्ने ठाकुरबाबा नगरपालिकामा छैन दमकल
चैत ६, २०८० मंगलबार
राष्ट्रपति रनिङ शिल्ड मेयर सिंहलाई हस्तान्तरण
चैत ६, २०८० मंगलबार
गठबन्धनको साझा कार्यक्रम: १३ विषयको उठान, ढर्रा पुरानै
चैत ६, २०८० मंगलबार
बेगनास तालमा प्रथम राष्ट्रिय ड्रागन बोट दौड प्रतियोगिता हुने
चैत ६, २०८० मंगलबार
सुरक्षाबाहेक सरकारले उपनिर्वाचनका लागि आयोगलाई दियो १० करोड
चैत ६, २०८० मंगलबार
भृकुटीमण्डपस्थित बगैँचामा फुलेको आरुको फूल
चैत ६, २०८० मंगलबार