३ जेष्ठ २०७९, मंगलवार
कोरोना भाइरस
खोज / विशेष

काठमाडौं उपत्यकामा भोलि रातिदेखि जोरबिजोर प्रणाली लागू हुने

प्रकाशित मिति :  ६ माघ २०७८, बिहीबार २२:३९


६ माघ, काठमाडौं । कोभिड–१९ को नयाँ भेरियन्ट ओमीक्रोनसहितको संक्रमण तीव्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले भोलि रातिदेखि जोरबिजोर प्रणाली लागू गर्ने भएको छ ।

काठमाडौं उपत्यकामा सार्वजनिक र निजी सवारी साधनहरु ‘दुई पाङ्ग्रेसहित’ जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीमा सञ्चालन गर्ने आदेश जारी गरिएको काठमाडौंका निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले जानकारी दिए ।

त्यसैगरी सार्वजनिक सवारीमा सीट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यत्रुलाई मास्क अनिवार्य गर्न, सवारी साधानको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ ।

यसैगरी जिल्लाभित्रका सबै सार्वजनिक र सरकारी निकायमा आलोपालेमा सेवा प्रवाहको उचित प्रबन्ध कार्यालय प्रमुखले गर्ने आदेशमा उल्लेख छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा