मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
नेपालबहस संवाददाता
माघ ७, २०७८ शुक्रबार १४:४२:१८
७ माघ, बैतडी । मोटरसाइकल दुर्घटना हुँदा यहाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक कञ्चनपुर घर भएका २७ वर्षीय धनराम चौधरी रहेका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।
बझाङको देउलेकबाट बैतडीको शिवलिङ्गतर्फ आउँदै गरेको से६प ७९२१ नंको मोटरसाइकल बैतडीको सिगास–९ सिकनाडीमा दुर्घटनामा परेको हो ।
बिहीबार बेलुका ५ बजेतिर चौधरीले चलाएको मोटरसाइकल सडकबाट करिब १०० मिटर तल खसेको र चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उक्त मोटरसाइकलमा चौधरी एक्लै सवार रहेका बुझिएको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन
चैत १५, २०८० बिहिबार
हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार