अग्रवाल परिवार फरार प्रकरणः शहरमा मिटरव्याजीको जगजगी
नेपालबहस संवाददाता
माघ ७, २०७८ शुक्रबार २३:९:०
७ माघ, काठमाडौं । मंहगा मदिरा आयात गरी बिक्री गर्ने रिटेल शप ‘ग्रीनलाइन’को बन्द र त्यसका सञ्चालकहरु फरार भएपछि शहरमा मिटरव्याजीहरुको जगजगीबारे प्रहरी अचम्मित भएको छ । प्रहरी कार्यालयमा दर्जनभन्दा बढी व्यक्तिहरु आफ्नो पैसा डुबेको भन्दै अग्रवाल परिवारको खोजी गरिदिनु पर्यो भन्दै पुगेपछि प्रहरी अचम्मित भएका हुन् ।
बैंक तथा वित्तिय संस्था मात्र होइन व्यक्तिगत ऋण समेत लिएका अग्रवाल परिवारले ऋण तिर्न नसकेकै कारण भागेको हुनसक्ने आँकलन गरिएको छ । ‘उनीहरुसँग पैसा डुबेको भन्दै आउनेहरु मिटरव्याजी भएको आंशका हामीलाई छ उनीहरुको बारेमा पनि प्रहरीले अनुसन्धान गर्नेछ’, महानगरीय प्रहरी परिसर काठमाडौंका एक प्रहरीले नेपालबहस डटकमसँग कुराकानीमा भने । उनका अनुसार दैनिक जसो एक जना गर्दै अग्रवाल परिवारको बारेमा जानकारी लिन प्रहरी कार्यालय पुग्ने गरेका छन् ।
हाल ग्रीनलाइनका सञ्चालक अमित र अभिषेक अग्रवाल सम्पर्कमा छैनन । बाबु ओमप्रकाश अग्रवालसहित सबै परिवार अहिले सम्पर्क बाहिर भएपछि प्रहरीले उनीहरुको खोजी गरेको छ । दुई दाजुभाई र उनीहरुको खोजीमा अहिले प्रहरी प्रशासनसमेत लागेको भएपनि उनीहरु कहाँ छन भन्ने बारेमा प्रहरीले जानकारी पाएको छैन । जानकारहरुका अनुसार करोडौंको कारोबार गर्ने रेपुटेड कम्पनी छाडेर अग्रवाल परिवार भाग्नुका पछाडि आर्थिक संकट नै हो ।
बुबा ओमप्रकाशले मेहनत गरेर तयार पारेको व्यापारिक साम्राज्य दुई दाजुभाईको महत्वाकांक्षाले उनीहरुलाई डुबाइएको बताइएको छ । रिटेल शपमा अहिले एभरेष्ट बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले सूचना टाँस्दै ‘सबै स्टक आफ्नो स्वामित्वमा रहेको’ भन्दै सिलबन्दी गरेका छन् । मेगा बैकले कुलेश्वरमा रहेको जग्गालाई लिलामीमा राखेको छ । अहिले ग्रीनलाइनका सञ्चालक अमित र अभिषेक अग्रवाल सम्पर्कमा छैनन् । बाबु ओमप्रकाश अग्रवालसहित सबै परिवार अहिले सम्पर्क बाहिर रहेका बेला उनका छोरी ज्वाईले प्रहरीमा खोजवीनका लागि उजुरी दिएका छन् ।
दुई दाजुभाईको खोजीमा अहिले प्रहरी प्रशासनसमेत लागेको छ । जानकारहरुका अनुसार करोडौंको कारोबार गर्ने कम्पनी छाडेर अग्रवाल परिवार भाग्नुका पछाडि आर्थिक संकट नै रहेको बुझिएको छ । महेश बस्नेत उद्योगमन्त्री भएपछि मन्त्री बस्नेतको अध्यक्षतामा २०७२ असोज १ गते बसेको औद्योगिक प्रवर्द्धन बोर्डको २१६ औं बैठकले मदिरा उद्योगको इजाजत खुला गर्ने निर्णय गरेपछि उनीहरुले विदेशी मदिराको कारोवार थालेका थिए । मदिरा व्यवशाय गर्ने क्रममा उनीहरुले पाँच करोड रुपैयाँ लिएका थिए । तर त्यही रकम केही वर्षमै १८ करोड पुगेपछि उनीहरुको ओरोलो यात्रा शुरु भएको अनुमान छ ।
व्यापारिक क्षेत्रमा उनलाई चिन्नेहरुले मिटर ब्याजकै रकम मात्रै ५० करोड रुपैयाँभन्दा माथि पुगेपछि भार थेग्न सकेनन् । मिटरव्याजकै पैसा तिर्न नसक्दा ज्यान मार्ने, परिवारका सदस्य अपहरण गर्नेसम्मको धम्की आएपछि उनीहरुले बिना धितो तीन÷चार वटा सहकारीबाट पनि उनीहरुले ऋण चलाएका थिए । कोभिडकै कारण होटल र रेष्टुरेन्ट पनि बन्द भएपछि होटल र रेष्टुरेन्टमा मदिराको कारोबार ठप्पजस्तै भएकाले उनीहरु झन समस्या पर्दे गएकाले व्यापार छाड्नु परेर भागेको हुनसक्ने अनुमान गरिएको छ ।
स्रोतका अनुसार क्यासिनो, तारे होटल, रेष्टुरेन्ट र राम्रा पार्टी प्यालेसमा झण्डै २० करोड रुपैयाँ उधारो बाँकी रहेको छ । यतिबेला उनीहरु भागेपछि तिनीहरुलाई हाइसन्चो भएको भएको छ । स्रोतहरुका अनुसार, अग्रवाल दाजुभाइ आर्थिक रुपमा टाठ पल्टिएपछि उनीहरुले आफ्नो विभिन्न ठाउँमा रहेको घरजग्गा (जुन बैंकमा धितोमा थियो) देखाउँदै पैसा उठाउन थालेको पनि स्रोतको दावी छ ।
उनीहरु कहाँ भागे ?
महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरुको खोजी कार्य शुरु गरेको छ । प्रहरीका अनुसार उनीहरुले प्रयोग गर्दै आएको गाडी पनि लिएर भागेका छन् । अग्रवाल परिवारका ९ जना सदस्य ओमप्रकाश, अमित, अभिषेक, भारती अग्रवाल उषा अग्रवाल, रुचिका अग्रवाल, १७ वर्षीय नातिनी नन्दनी अग्रवाल, ९ वर्षीय पार्था अग्रवाल र २ वर्षीय अनव अग्रवाल छोरी ज्वाई र आफन्तहरुको सम्पर्क बाहिर छन् । प्रहरीले उनीहरुले चलाएको मोवाइल ट्रयास गर्दा पनि घरमै स्वीच अफ गरेका कारण कहाँ पुगे भन्ने बारेमा केही बताउन सकेको छैन ।
‘उनीहरुको खोजी गरिहेका छौ केही सम्पर्क छैन सूत्रहरुमार्फत खोजी कार्य जारी छ’, परिसर प्रहरी प्रवक्ता एसपी दिनेश मैनालीले भने । प्रहरीले उनीहरूले प्रयोग गर्ने मोबाइलमा पनि सम्पर्क गरेको थियो। मोबाइलको कल ट्रेसिङ गर्दा पनि उनीहरू कहाँ गएको भन्ने खुल्न सकेको छैन । पछिल्लो पटक उनीहरु जान सक्ने स्थानको बारेमा प्रहरीले निगरानी गरेको छ । यद्यपि नेपाल भारत सीमा क्षेत्रमा उनीहरुको कल ट्रेसिङ देखिएको छैन । प्रहरीले उनीहरुको घर पुगेर सोधखोज गर्ने क्रममा एउटा कागज समेत फेला पारेका थियो । त्यसमा आफ्नो सम्पत्ति सबैले बाँडेर लिनु भन्ने उल्लेख भएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वीरगञ्जमा व्यापारी कुशवाह र गुप्ताको गोदामबाट सवा १ करोडका कपडा बरामद
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार