बैंक अफ काठमाण्डूले गर्यो ७१ करोड ९३ लाख मुनाफा
नेपालबहस संवाददाता
माघ ७, २०७८ शुक्रबार २२:२०:४४
७ माघ, काठमाडौं । बैंक अफ काठमाण्डूले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । दोस्रो त्रैमाससम्ममा बैंकले ७१ करोड ९३ लाख रुपैयाँ मुनाफा गरेको छ । यो नाफा गत वर्षको भन्दा १।५२ प्रतिशत धेरै हो । गत वर्ष बैंकले ७० करोड ८५ लाख रुपैयाँ मुनाफा कमाएको थियो । यता, बैंकको खुद ब्याज ९।२९ प्रतिशतले बढ्दा सञ्चालन मुनाफा भने ९।२१ प्रतिशतले घटेको छ ।
गत वर्ष १ अर्ब ५५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस बैंकले यो त्रैमासमा बढाएर १ अर्ब ६९ करोड ४२ लाख रुपैयाँ पुर्याएको छ । बैंकको सञ्चालन नाफा १ अर्ब बाट घटेर ९३ करोडमा झरेको छ । पुस असोज मसान्तसम्म बैंकको वितरण योग्य मुनाफा ३६ करोड ४५ लाख रुपैयाँ रहेको छ ।
यो त्रैमाससम्म बैंकले १ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा १ खर्ब ३ अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यसको खराब कर्जा घटेर ०।८२५ मा झरेको छ । गत वर्ष खराब कर्जा १।८२ प्रतिशत रहेको थियो । कस्ट अफ फन्ड ६।४५ प्रतिसत छ । बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५४ पैसा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकको मोबाइल बैंकिङ एपद्वारा मुद्दती निक्षेपबाट कर्जा लिन सकिने
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार