३ जेष्ठ २०७९, मंगलवार
राजनीति

एमालेको टिप्पणी : अघिल्लो सरकारको काम नै अहिलेको उपलब्धी, चुनावबाट भाग्न खोजेको आरोप

प्रकाशित मिति :  ७ माघ २०७८, शुक्रबार २१:३९


७ माघ, काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले देशवासीको नाममा सम्बोधन गरेपछि प्रमुख प्रतिपक्षी दल एमालेका महासचिव शंकर पोखरेलले त्यसको आलोचना गरेका छन् । अघिल्लो सरकारले गरेको कामलाई अहिलेको सरकारले गरेको उपलब्धी भन्दै सम्बोधन गरेकोमा आलोचना गरेका हुन ।

एमाले महासचिव पोखरेलले शुक्रवार पार्टीको धारणा सार्वजनिक गर्दै अघिल्लो सरकारले अघि सारेका कामका परिणामहरुलाई आफ्नो सरकारको उपलब्धीका रुपमा चर्चा गरेर नेपाली जनतालाई भ्रम सिर्जना गर्न खोजेको भन्दै आलोचना गरेका हुन् । महासचिव पोखरेलले स्थानीय तहको निर्वाचन गर्नुपर्ने जिम्मेवारीबाट सरकार विमुख हुन खोजेको र चुनावबाट भागन खोज्ने गठबन्धनमा सामेल दलहरुबाट प्रधानमन्त्री प्रभावित बन्न खोजेको आरोप लगाएका छन् ।‘प्रधानमन्त्रीको सम्वोधन अपाकृतिक सत्तागठवन्धनको वोझवाट पूर्णतः ग्रस्त रहेको । कुनै स्पष्ट सन्देश र दिशा प्रदान गर्न असफल रहेको छ’, उनले जारी गरेको वक्तब्यमा भनेका छन् ।

उनले मुलुक चरम आर्थिक सामाजिक संकटमा फस्दै गएको अवस्थालाई प्रमको सम्वोधनले पूर्णतः उपेक्षा गर्ने कोशिस गरेको आरोप समेत लगाएका छन् । ‘ गम्भीर आर्थिक संकटवाट मुलुकलाई जोगाउन ठोस कार्ययोजना अघि सार्न चुकेको छ’, उनले भनेका छन् । त्यस्तै विगतको सरकारले अघि सारेका कामका परिणामहरुलाई नै आफ्नो सरकारको उपलव्धिका रुपमा चर्चा गरेर भ्रम सिर्जना गर्ने कोशिस गरेको । गठवन्धन सरकारले अघि सारेको कार्ययोजनाको कुनै ठोस उपलव्धि देखाउन नसकेको पनि उनले बताएका छन् ।

‘कोभिडको तेश्रो लहरको नियन्त्रण र रोकथाममा सरकार पुरै असफल भएको छ । खोपलाई प्राथमिकतामा राखेको सरकार खोप कार्यक्रममा पूर्णतः अकर्मण्य र असफल देखिएको । १८ वर्ष मुनिका वालवालिकाको सुरक्षाप्रति सरकार सम्वेदनशील नदेखिएको, लाखौ मात्राको भ्याक्सिन हराएको गम्भीर र संवेदनशील सुचनाका वारेमा प्रमवाट मौनता साध्ने काम भएको छ’, महासचिव पोखरेलले जारी गरेको वक्तब्यमा उल्लेख गरेका छने ।

अर्थमन्त्रालयवाट भएको भनिएको नीतिगत भ्रस्टाचारका वारेमा कुनै चर्चा नगरी त्यसलाई स्वीकार्न पुगेको पनि महासचिव पोखरेलको आरोप छ । ‘कुटनीतिक मामिलामा सरकार पुरै असम्वेदनशिल र गैर जिम्मेवार देखिएको । कालापानी क्षेत्रमा भएका पछिल्ला अतिक्रमणकारी घटनाका वारेमा सरकार पुरै लाचार देखिएको,आर्थिक कुटनीतिलाई जोड दिनुपर्ने समयमा राजनीतिक पुर्वाग्रहका आधारमा राजदुत फिर्तागरी प्रमुख विकास साझेदार चिन लगायतका मुलुकमा राजदुत नियुक्त गर्न उदासिन रहेको, स्थानिय तहको निर्वाचनको मितिका वारेमा निर्वाचन आयोगको सुझावलाई सम्वोधन गर्नवाट पन्छिएको । वैशाखमा स्थानिय तहको निर्वाचन गर्नुपर्ने जिम्मेवारीवाट विमुख हुनु खोजेको । चुनाववाट भाग्न खोज्ने गठवन्धनमा सामेल दलहरुवाट प्रभावित वन्न पुगेको छ’, उनले भनेका छन् ।

महासचिव पोखरेलले राज्यका तीनै अंगहरु कार्यपालिका,व्यवस्थापिका र न्यायपालिका प्रतिको जनआस्था र विश्वासमा गम्भिर विचलन ल्याउने काम भएको,प्रमुख प्रतिपक्षी दलसंगको न्युनतम् सहकार्यको वातावरण तयारगर्न असफल रहेको, प्रतिनिधिसभामा प्रतिपक्षले अघि सारेका जायज मागका वारेमा उदासिन बनेको पनि आरोप लगाएका छन् । प्रधानमन्त्री देउवाले शुक्रबार दिउसो राष्ट्रको नाममा सम्बोधन गर्दे प्रमुख प्रतिपक्षी दलको माग सुनुवाई गर्ने विषयमा कुनै चासो दिएका थिएनन ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा