एमाले अध्यक्ष ओलीले आइतबार पत्रकार सम्मेलन गर्ने
नेपालबहस संवाददाता
माघ ८, २०७८ आइतबार १:३७:२५
८ माघ, काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन गर्न आलटाल गरेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी ओलीले आइतबार पत्रकार सम्मेलन गरेर पार्टीको धारणा सार्वजनिक गर्ने भएका छन् ।
सरकारको तर्फबाट ६ महिने उपलब्धी सार्वजनिक गरेको तेस्रो दिन पार्टी अध्यक्ष ओलीले पत्रकार सम्मेलन गरेर एमालेको धारणा सार्वजनिक गर्न लागेका हुन् । पत्रकार सम्मेलनमा सरकारले घोषणा गर्न आलटाल गरिरहेको स्थानीय तहको निर्वाचन र प्रधनमन्त्रीले सम्बोधनमा आफ्नो सरकारले गरेका विकास निर्माणका कामहरुको वास्तविकता र समग्र राजनीतिक परिस्थितीका बारेमा एमालेको धारणा सावर्जनिक गर्ने तयारी रहेको एमालेले जनाएको छ ।
पार्टीका उपमहासचिव विष्णु रिमालका अनुसार आइतबार पत्रकार सम्मेलन गर्ने तयारी छ । पत्रकार सम्मेलन भर्चुअल गर्ने कि भौतिक उपस्थितीमा गर्ने यकिन भइनसकेको रिमालले जानकारी दिएका छन् । पत्रकार सम्मेलनको स्थान र समय तय हुन बाँकी रहेको अध्यक्षको सचिवालयले जनाएको छ । ‘पत्रकार सम्मेलन गरेर सरकारले सार्वजनिक गरेको विषयहरुको बारेमा पनि पार्टी अध्यक्षले बोल्नु हुनेछ’, रिमालले भने ।
एमालेका महासचिव शंकर पोखरेल र सचिव योगेश भट्टराइले सामाजिक सञ्जालमा आफ्ना राखिरहेक बेला ओलीले पत्रकार सम्मेलनको तयारी गरेका छन् । एमाले अध्यक्ष आफैले सरकारले गरेका काम र अहिलेको बढ्दो संक्रमणबारे एमालेको धारणा राख्न लागेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वीरगञ्जमा व्यापारी कुशवाह र गुप्ताको गोदामबाट सवा १ करोडका कपडा बरामद
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार