३ जेष्ठ २०७९, मंगलवार

आज देशभर दिउँसो सामान्यदेखि पूर्ण बदली रहने

प्रकाशित मिति :  ९ माघ २०७८, आईतवार ०७:४९


९ माघ, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखालेहाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको छ । बिहान सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघर गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा हुनेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा साथै गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।

सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम र बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा






सिंगो स्थानीय सरकारमा एक दल !
नेपालबहस संवाददाता


नवौं राष्ट्रिय खेलकुद सर्ने
नेपालबहस संवाददाता