५ जेष्ठ २०७९, बिहीबार

सुनको मूल्य ३०० ले घट्यो, यस्तो छ बजार भाउ

प्रकाशित मिति :  ९ माघ २०७८, आईतवार ११:०५


९ माघ, काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ३००ले घटेको छ । गत साताको अन्तिम दिन शुक्रबारको तुलनामा चालु साताको पहिलो दिन आइतबार तोलामा ३००ले घटेर छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघअनुसार गत साताको अन्तिम दिन शक्रबार छापावाल सुन तोलाको ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आइतबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा