डिभोर्सपछि एकै होटलमा भेटिए धनुष र ऐश्वर्या
नेपालबहस संवाददाता
माघ ९, २०७८ आइतबार १७:४४:१७
९ माघ, एजेन्सी । साउथ स्टार धनुष र उनकी पत्नी ऐश्वर्या रजनीकान्त हाल अलग्गिएको घोषणाले चर्चामा छन् । उनीहरूले सामाजिक सञ्जालबाट आफूहरू आधिकारिक रूपमा अलग्गिएको घोषणा गरे पनि सर्वसाधारणको नजर उनीहरूबाट हटेको छैन ।
केही समयअघि अलग्गिएका यो जोडी हालैमात्र हैदरावादको एक होटलमा सँगै भेटिएका छन् । उनीहरू आफ्नो कामको सिलसिलामा त्यो होटलमा बसेका हुन् ।
यो जोडी हैदराबादको रामोजी फिल्म स्टुडियोमा रहेको सितारा होटलमा बसेका छन् । रामोजी हैदरावादको सबैभन्दा ठूलो फिल्म सिटी हो । धनुष त्यहाँ आफ्नो कुनै फिल्मको कामको सिलसिलामा होटलमा बसेका छन् । रामोजी स्टुडियोमा सुटिङ हुने अधिकांश फिल्म तथा टेलिफिल्मका कलाकार यही होटलमा बस्ने गर्दछन् ।
ऐश्वर्या भने आउँदो भ्यालेन्टाइनको मौका पारेर सार्वजनिक गर्न लागेको नयाँ गीतको सुटिङ गर्न उक्त होटलमा बसेकी छन् । उनको यो प्रोजेक्ट २५ जनवरीदेखि २७ जनवरीसम्म सुट हुनेछ ।
साउथ सुपरस्टार रजनीकान्तका छोरीज्वाइँ यो जोडीले गत जनवरी १७ मा अलग्गिने निर्णय लिएका थिए । तर के कारणले अलग्गिए भन्ने अहिलेसम्म कारण खुल्न सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘टाइटानिक’ मा हिरोइन बचाउने ढोकाको लिलामी
चैत १५, २०८० बिहिबार
सिद्धार्थ र अदिति विवाह बन्धनमा बाँधिए
चैत १४, २०८० बुधबार
ऋतिकको सुपरहिरो थ्रिलर फिल्म क्रिस ४ को तयारी सुरु
चैत १४, २०८० बुधबार
नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन
चैत १५, २०८० बिहिबार
रञ्जिताको इच्छाविपरित सुदूरपश्चिममा नाउपाका ५ मन्त्री
चैत १५, २०८० बिहिबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
ठूलो दुर्घटनाबाट जोगियो श्री एयरको जहाज, ७७ यात्रु सुरक्षित
चैत १५, २०८० बिहिबार
के तपाईलाई थाहा छ, शेर र शेरनीमा को बढी खतरनाक हुन्छ ?
चैत १५, २०८० बिहिबार