५ जेष्ठ २०७९, बिहीबार

६ महिना आयात ५१.१३ प्रतिशतले बढ्यो, यी धेरै आयात भएका बस्तु

प्रकाशित मिति :  ९ माघ २०७८, आईतवार १३:१३


९ माघ, काठमाडौं । चालु आर्थिक वर्ष २०७८को पहिलो ६ महिनामा झण्डै १० खर्ब रुपैयाँ बराबरको बस्तु आयात भएको छ। भन्सार विभागको तथ्याँक अनुसार पुस मशान्तसम्ममा ९ खर्ब ९९ करोड रुपैयाँ बराबरको बस्तु आयात भएको छ।

गत आर्थिक वर्षको पुस मशान्तसम्ममा ६ खर्ब ६१ अर्ब रुपैयाँ बराबरको बस्तु आयात भएकोमा चालु आर्थिक वर्षमा यस्तो आयात ५१।१३ प्रतिशतले बढेको हो।

आयात ह्वातै बढ्दा नेपालको ब्यापार घाटा समेत निकै बढेको छ। चालु आर्थिक वर्षको पहिलो महिनामानै ब्यापार घाटा ८ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ। गत वर्षको यसै अवधिमा ६ खर्ब रुपैयाँ बराबरको ब्यापार घाटा यस वर्ष ४६।६४ प्रतिशतले बढेको हो।

यस वर्ष निर्यात पनि ९५ प्रतिशतले बढेको विभागको तथ्यााकले देखाउछ। गत आर्थिक वर्षको ६ महिनासम्ममा ६० अर्ब ७९ करोड रुपैयाँको बस्तु निर्यात भएकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा १ खर्ब १८ अर्ब रुपैयाँको बस्तु निर्यात भएको छ। यो गत वषृको तुलनामा ९५.४८ प्रतिशतले धेरै हो।

कुल ब्यापारमा आयातको हिस्सा ८९.३७ प्रतिशत छ भने निर्यातको हिस्सा १०.६३ प्रतिशत छ।

यस अवधिमा डिजेलको आयात सबैभन्दा धेरै आयात भएको छ । ६ महिनामा ६१ अर्ब ४७ करोड रुपैयाँको डिजेल आयात भएको छ। सोयावि तेल पनि ३६ अर्ब ५४ करोड रुपैयाँको आयात भएको छ। यस्तै २९ अर्ब २७ करोड रुपैयाँको पेट्रोल आयात भएको छ भने २९ अर्ब २३ करोड रुपैयाँको ग्याँस र २७ अर्ब ४९ करोड रुपैयाँको पाल्म तेल आयात भएको छ।

यस्तै निर्यात तर्फ पाि सोयाविन तेल र पाल्म तेलको हिस्सा धेरै छ। प्रशोधन गरिएको पाल्म तेल ११ अर्ब भन्दा धेरैको निर्षत भएको छ भने सोयाविन तेल ३४ अर्ब रुपैयाँभन्दा धेरैको निर्यात भएको छ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा