३ जेष्ठ २०७९, मंगलवार

इरानले टर्कीसँग बलियो सहकार्य गर्ने

प्रकाशित मिति :  ९ माघ २०७८, आईतवार १३:३०


९ माघ, एजेन्सी । इरानका राष्ट्रपति इब्राहिम रायसीले शनिबार टर्कीसँग क्षेत्रीय स्थायित्वका लागि सम्बन्ध र सहयोगलाई सुदृढ गर्ने वाचा गरेको इरानको राष्ट्रपति कार्यालयको वेबसाइटमा उल्लेख गरिएको छ।

‘इरानको टर्कीसँग सम्बन्ध र सहयोगको दीर्घकालीन र व्यापक दृष्टिकोण छ र हामी टर्कीसँग रणनीतिक सहयोगको योजनालाई स्वागत गर्दछौं,’ टर्कीका समकक्षी रेसेप तैयप एर्दोगानसँगको फोन वार्तामा रायसीले भने। राईसीले यस क्षेत्रको दीर्घकालीन सुरक्षा र स्थायित्वका लागि देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्नेमा जोड दिएका छन्।

एर्दोगानले आफ्ना पक्षको लागि टर्कीले सुदृढ पार्न विविध आर्थिक सहयोगको सूची तयार गरेको बताए । टर्कीका राष्ट्रपतिले इरानले टर्कीलाई ऊर्जाको निरन्तर आपूर्तिमा जोड दिँदै टर्कीले इरानलाई भरपर्दो ऊर्जा आपूर्तिकर्ता मानेको र त्यससँग सहकार्य बढाउन खोजेको समेत बताए ।

सो अवसरमा एर्दोगानले क्षेत्रीय सुरक्षा सुनिश्चित गर्न इरानसँग आफ्नो देशको सहयोगको महत्त्वमा पनि जोड दिए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा