जुम्लाका ३० जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि
नेपालबहस संवाददाता
माघ ९, २०७८ आइतबार २०:३:३०
९ माघ, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका ३० जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ । अस्पतालका निर्देशक डा. राजीव शाहसहित ३० जनामा संक्रमण पुष्टि भएको हो ।
प्रतिष्ठानका मेडिकल रेकर्डर मेघराज बुढाका अनुसार स्वास्थ्यकर्मी र कर्मचारी गरी अहिले ५२ जनालाई संक्रमण भइसकेको छ । मेडिकल रेकर्डर बुढाका अनुसार लक्षण देखिएका स्वास्थ्यकर्मीलाई परीक्षण गराउने तर अन्यलाई नगराउने गरिएको छ । सबैलाई परीक्षण गराउने हो भने अस्पताल नै प्रभावित हुने हुँदा सतर्कता अपनाइएको हो । प्रतिष्ठानले गरेको पीसीआरबाट १५ जना र एन्टिजेनबाट ३७ जनामा कोरोना देखिएको हो ।
कोरोनाको तेस्रो लहरयता एक सय सात जनामा कोरोना परीक्षण गरिएको थियो । जसमा एन्टिजेनबाट ९० जना र पीसीआरबाट १७ जनामा परीक्षण गरिएको बताइएको छ । त्यस्तै प्रतिष्ठानको आइसोलेशनमा चार जना व्यक्ति उपचाररत छन् ।
प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले स्वाथ्यकर्मीको अवस्था बुझी तत्काल विपद् व्यवस्थापन समितिको बैठक बस्ने बताइन । उनले स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको अबस्थामा स्वास्थ्य सेवा नै प्रभाबित हुने हुँदा उनीहरूको अवस्था बुझ्ने बताइन ।
जुम्लामा पहिलो लहरमा ११ हजार ६ सय ६३ जनाको कोभिड परीक्षण भएको थियो । यसमध्ये चार सय ६३ जनामा संक्रमण देखिएको थियो । उस्तै दोस्रो लहरमा तीन हजार आठ सय २१ जनाको पीसीआर परीक्षण गर्दा एक हजार दुई सय २४ जनामा संक्रमण देखिएको थियो ।
जुम्लामा हालसम्म कोरोनाका कारण २३ जनाको मृत्यु भएको जनस्वास्थ्यको तथ्यांक छ । जिल्लामा ५० हजार नौ सय ८५ जनाले कोभिडविरुद्धको पहिलो डोज खोप लगाएका छन् । पूर्ण डोज खोप लगाएका ३३ हजार ६ सय ४५ जना छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार