३ जेष्ठ २०७९, मंगलवार

मौरिससको टिम सोमबार नेपाल आइपुग्ने

प्रकाशित मिति :  ९ माघ २०७८, आईतवार १६:५०


९ माघ, काठमाडौं । दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्न मौरिससको टिम सोमबार नेपाल आइपुग्ने भएको छ । अखिल नेपाल फुटबल संघ ‘एन्फा’ का महासचिव इन्द्रमान तुलाधरले पहिलो अफ्रिकन प्रतिद्वन्द्वी सोमबार नेपाल आइपुग्ने न्युज कारखानालाई बताए ।

टोली बिहान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ । नेपाल र मौरिससबीचको खेल १५ र १८ माघमा दशरथ रंगशालामा हुनेछ । खेल सुरु हुने समय भने बताइएको छैन ।

यस्तै दर्शकको विषयमा एन्फाले कुनै धारणा बनाएको छैन । पछिल्लो समय कोभिड-१९ को संक्रमण उच्च बन्दै गएपछि सवारीसाधनमा समेत जोरबिजोर प्रणाली लागू गरिएको छ ।

यस्तै सरकारले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । एन्फा सरकारको निर्देशनमा खोप लगाएका दर्शकलाई मात्र मैदान छिराउने तयारीमा छ । हाल नेपाली टोली सातदोबाटोस्थित एन्फा मुख्यालयमा आफ्नो प्रारम्भिक प्रशिक्षण गरिरहेको छ ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले ३४ खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन् । जसमा नौ खेलाडीले पहिलोपटक अवसर पाएका छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा