३ जेष्ठ २०७९, मंगलवार

नेटवर्किङ व्यवसायमा लगानी नगर्न राष्ट्र बैंकको चेतावनी

प्रकाशित मिति :  ९ माघ २०७८, आईतवार १९:५३


९ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले नेटवर्किङ व्यवसायमा लगानी नगर्न चेतावनी आग्रह गरेको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै हाइपर फण्ड, जोसियएल, क्राउड वन, सोलेम्याक्स जस्ता पिरामिड व्यवसायमा लगानी नगर्न आग्रह गरेको हो ।

नेटवर्किङ व्यवसाय गैरकानुनी भएको भन्दै राष्ट्र बैंकले त्यसमा लगानी नगर्न आग्रह गरेको छ । राष्ट्र बैंकले भर्चुअल करेन्सी र क्रिप्टोकरेन्सीमा कारोबार नगर्न चेतावनी दिएको हो ।

नेपालमा क्रिप्टोकरेन्सी तथा नेटवर्किङ व्यवसायले मान्यता पाएको छैन । अबैध कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई पुँजी पलायन हुने भएकाले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न नहुन राष्ट्र बैंकले सूचना जारी गर्दै आग्रह गरेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा