५ जेष्ठ २०७९, बिहीबार

रास्कोटका ४१ घरधुरीमा धारा जडान

प्रकाशित मिति :  ९ माघ २०७८, आईतवार १९:५८


९ माघ, मान्म । कालीकोट रास्कोट नगरपालिका–६ स्थित मिलनटोल बस्तीका ‘एक घर, एक धारा’ अभियानअन्तर्गत थप ४१ घरधुरीमा धारा जडान गरिएको छ । मिलनटोल बस्तीमा निर्माण गरिएका ती धारा आजदेखि सञ्चालनमा ल्याइएका हुन् ।

रास्कोट नगरपालिका–६ मा छवटा बस्तीमा जम्मा ३५५ घरधुरी रहेको त्यसमध्ये हालसम्म पाँचवटा बस्तीका २३५ घरधुरीमा सुरक्षित खानेपानी धारा जडान गरिएको वडाध्यक्ष टक्क फर्सालले जानकारी दिए । “वडाका रहेका ३५५ घरधुरीमध्ये २३५ घरधुरीमा ‘एक घर, एक खानेपानीको धारा’ सञ्चालनमा आइसकेको छ”, उनले भने, “अब, बाँकी रहेको एउटा बस्तीका १०० घरधुरीमा पनि छिटोभन्दा छिटो काम सम्पन्न गर्छौँ ।”

रास्कोट नगरपालिकाले मिटरसहितको खानेपानीको धारा निर्माणमा दातृ निकाय र नगरपालिकाले सहयोगमा सञ्चालन भएको नगरपालिका उपप्रमुख मिमसरा बम शाहीले जानकारी दिए । “आर्थिक वर्ष २०७४र७५ बाट नगरले सुरु गरेको ‘एक घर, एक धारा’ निर्माणको अभियान सञ्चालन गरेका हौँ”, उनले भने, “हालसम्म अधिकांश वडाका बस्तीमा खानेपानीका धारा निर्माण भएका छन् ।”

आफ्नै घरको आँगनमा खानेपानीको धारा भएपछि समयको बचत हुनाका साथै करेसाबारीमा सिँचाइ गर्न पनि सहज भएको उप्रप्रमुख बम शाहीले जानकारी दिए । “घरघरमा खानेपानीका धारा बन्दा स्थानीयवासीलाई समयको बचत हुनाका साथै सिँचाइका लागि सहज भएको छ”, उनले भने, “चालु आर्थिक वर्षमा नै नगरभित्रका सबै घरमा खानेपानीको धारा जडान भइसक्नेछन् ।”
–––


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा