राष्ट्रिय सभा निर्वाचन : सत्ता गठबन्धनद्वारा संयुक्त अपिल
नेपालबहस संवाददाता
माघ १०, २०७८ सोमबार १२:२९:४३
१० माघ, काठमाडौं । सत्ता गठबन्धनका पाँच दलले माघ १२ गते हुन गएको राष्ट्रिय सभाको निर्वाचनमा गठवन्धनका उम्मदवारलाई विजयी बनाउन संयुक्त अपिल जारी गरेका छन् ।
पाँच दलका शीर्ष नेतारुले आगामी १२ गते हुन गएको राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनबाट संयुक्त रुपमा अघि सारिएका उम्मेदवारहरुलाई विजयी गराएर गठवन्धनलाई अझ मजबुत तुल्याउन र लोकतन्त्र तथा संविधानको सुरक्षा एवं राजनीतिक स्थायित्व सुनिश्चित गर्न अपिल गरेका हुन् ।
प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा ‘एकीकृत समाजवादी’ का अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले एक संयुक्त अपिल जारी गर्दै गठबन्धनलाई विजयी बनाउन आह्वान गरेका हुन् ।
यसअघि गठबन्धनका दलहरुबीच एमालेले जितेको स्थानीय तहमा भागवण्डा गर्ने तथा यसअघि जुन दलको उम्मेदवार रहेको हो सोही दलबाट उम्मेदवारी दिने सहमति अनुसार उम्मेदवारी दर्ता गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
सरकार महिला सशक्तीकरणको पक्षमा छः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार
बनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार