३ जेष्ठ २०७९, मंगलवार

राष्ट्रसंघको महासभाको पहिलो संकल्प प्रस्तावदेखि मंगलमा रोवर अवतरण

प्रकाशित मिति :  १० माघ २०७८, सोमबार ०६:४६


आज २४ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

जापानद्वारा पहिलो लुनार परीक्षण
सन् १९९० मा जापानले पहिलो पटक अन्तरिक्षमा गहिरो अनुसन्धान गरेको थियो । सन् १९७६ मा सोभियत युनियनले अन्तरिक्षमा पठाएको लुना २४ पछि जापानको पहिलो गहिरो रोबोटिक अनुसन्धान हो ।

राष्ट्रसंघको महासभाको पहिलो संकल्प प्रस्ताव
सन् १९४६ मा राष्ट्रसंघको महासभाले पहिलो संकल्प प्रस्ताव पारित गरेको थियो । राष्ट्रसंघीय आणविक उर्जा आयोग ‘यूएनएइसी’ स्थापनाबारे राष्ट्रसंघको पहिलो संकल्प प्रस्ताव आएको हो ।

विन्स्टन चर्चिलको जन्मदिन
आजकै दिन बेलायतका पूर्वप्रधानमन्त्री विन्सटनको मृत्यु भएको थियो । सन् १८७४ को नोभेम्बर ३० मा जन्मिएका चर्चिलको मृत्यु १९६५ को २४ जनवरीमा भएको थियो ।

मंगलमा रोवर अवतरण
सन् २००४ मा नासाको ६ पाङ्ग्रे रोभर मंगल ग्रहमा उत्रिएको थियो । रोभरले मंगलको चट्टान तथा माटोबारेमा अनुसन्धान गरेर त्यसको तस्विर पृथ्वीमा पठाएको थियो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा