भक्तपुरमा आजै भित्रियो १५ हजार पिस सिटामोल
नेपालबहस संवाददाता
माघ ११, २०७८ बुधबार ३:७:५
११ माघ, भक्तपुर । भक्तपुरमा आज एकै दिन १५ हजार पिस सिटामोल भित्रिएको छ । राससले सोमबार भक्तपुरमा सिटामोलको अभाव भएको समाचार सम्प्रेषण गरेको थियो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको नेतृत्वमा भक्तपुरका २० भन्दा बढी औषधि पसलमा अनुगमन गरिएको थियो ।
“भक्तपुरमा सिटामोलको अभाव हुन नदिन मैले पहल गरेँ, नेपाल ड्रग लिमिटेडले आज एकै पटक १५ हजार पिस सिटामोल पठाएको छ, जिल्लाका चारवटै नगरपालिकाका स्वास्थ्य संस्थाहरुमा केही दिन अगाडि मात्रै ४० हजार सिटामोल बाँडिएको छ,” प्रजिअ शर्माले भने, “प्रदेश सरकारसँग पनि सिटामोल माग्न मैले जिल्ला स्वास्थ्य कार्यालयलाई भनेको छु, प्रदेशबाट पनि सिटामोल आउँदैछ, औषधि व्यवस्था विभागलाई पनि सिटामोल पठाउन भनेका छौँ ।”
जिल्ला स्वास्थ्य कार्यालयले ४० हजार सिटामोल चारवटै नगरपालिकाहरुका स्वास्थ्य कार्यालयमा केही दिनअगाडि वितरण गरेका जानकारी दिँदै उनले आजै सबै पालिकासँग सिटामोलको रेकर्ड माग गर्दा कतै अभाव नभएको पाइएको बताए । सरकारले स्वास्थ्य संस्थामार्फत निःशुल्क वितरण गरेको सिटामोल आवश्यक परेमा आफ्नो नजिकका स्वास्थ्य संस्थामा गएर चिकित्सकको परामर्शअनुसार लिन सकिने उनले बताए । भक्तपुर अस्पताललगायत यहाँका अन्य अस्पतालमा पनि सिटामोल अभाव नभएको उनले दाबी गरे ।
प्रजिअ शर्माले भने, “केही निजी फार्मेसीहरुले सिटामोलको अभाव देखाएका छन्, भक्तपुरमा हामीले पर्याप्त सिटामोल ल्याएका छौँ, अब अभाव छैन, सिटामोलको अभाव देखाउँदै बिक्री गरेको पाइएमा कारबाही गर्छौं ।” प्रशासनले बजारको सूक्ष्म अनुगमन गरिरहेको उल्लेख गर्दै उनले बजारमा सिटामोलको अभाव देखाएर सिटामोल लुकाउने वा महँगोमा बिक्री गरेको पाइएमा कारबाही गर्ने बताए ।
प्रजिअ शर्माको नेतृत्वमा भक्तपुरका २० वटा औषधि पसलको अनुगमन गर्दा गलत गर्ने दुईवटा फार्मेसीलाई औषधि व्यवस्था विभागमा हाजिर हुन पठाइएको थियो । भक्तपुरमा ज्वरोको बिरामी ह्वात्तै बढेपछि सिटामोलको माग बढेको थियो । भक्तपुरमा अहिले दैनिक ५०० भन्दा बढी ज्वरोका बिरामी विभिन्न अस्पतालमा परीक्षणका लागि जाने गरेका छन् ।
भक्तपुर अस्पतालमा मात्रै दैनिक २५० देखि ३०० सम्म बिरामीहरु ज्वरो आएकै कारण स्वास्थ्य परीक्षणका लागि आउने गरेको भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा समित्रा गौतमले जानकारी दिए । भक्तपुर अस्पतालमा पनि सिटामोलको अभाव नभएको र पर्याप्त रहेको उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरको अल्टिमेटम
चैत १६, २०८० शुक्रबार
बालेनले राखेको बोर्ड कसले हटायो ?
चैत १४, २०८० बुधबार
उच्च रक्तचाप र मधुमेहका बिरामीलाई नगरपालिकाद्वारा आर्थिक सहयोग
चैत १३, २०८० मंगलबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार