२७ वाणिज्य बैंकहरुको मुनाफा ३४ अर्ब २१ करोड, १६ बैंक अर्बपति क्लबमा
नेपालबहस संवाददाता
माघ १२, २०७८ बुधबार १५:२:५३
१२ माघ, काठमाडौं । संचालनमा रहेका २७ वटै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्।
विवरण अनुसार २७ वाणिज्य बैंकले दोस्रो त्रैमासमा ३४ अर्ब २१ करोड मुनाफा गरेका छन् । जुन मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.१० प्रतिशत बढि हो । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २७ वाणिज्य बैंकले ३१ अर्ब ७ करोड ३२ लाख रुपैयाँ मुनाफा गरेका थिय ।
१६ बैंक अर्बपति क्लबमा
दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्ममा १६ वाणिज्य बैंकहरु अर्बपति क्लबमा सामेल हुन सफल भएका छन्। अर्थात १६ वाणिज्य बैंकहरुले १ अर्बभन्दा बढी मुनाफा गर्न सफल भएका छन्। जसमध्ये ३ बैंकको नाफा २ अर्ब नाघेको छ भने बाँकी १३ बैंकले १ अर्बभन्दा बढी नाफा कमाउन सफल भएका छन्। यस क्लबमा ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रहेको छ भने माछापुच्छ्रे बैंक अन्तिममा रहेको छ।
६ वाणिज्य बैंकको मनाफा घट्यो
गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २१ बैंकको खुद नाफा बढेको छ भने ६ बैंकको खुद नाफा घटेको छ। समीक्षा अवधिमा प्राइम कमर्सियल बैंक, एभरेष्ट बैंक, नेपाल बङ्गलादेश बैंक, प्रभु बैंक, सनराइज बैंक र कुमारी बैंकको खुद नाफा घटेको हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
माछापुच्छ्रे बैंकको लुम्बिनी प्रदेशमा आफ्नै कार्यालय भवन
बैशाख ४, २०८१ मंगलबार
सिटिजन्स बैंकले दिन्छ निःशुल्क इ–कम कार्ड, १७ औं वार्षिकोत्सवको अवसरमा छुटैछुटको योजना
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार