ताप्लेजुङमा पनि सिटामलको मौज्दात बारे अनुगमन
नेपालबहस संवाददाता
माघ १२, २०७८ बुधबार १९:२५:५०
१२ माघ, ताप्लेजुङ । विभिन्न जिल्लामा सिटामोल अभावको समाचार आइरहदा ताप्लेजुङमा पनि सिटामलको मौज्दात बारे अनुगमन गरिएको छ । अनुगमनका क्रममा यहाँका मेडिकल तथा अस्पतालहरूमा पनि सिटामोलको मौज्दात रित्तिन्दै गएको पाएको छ ।
अनुगमनका क्रममा अधिकांश मेडिकल पसलहरूमा सिटामोलको अभाव रहेको देखिएको छ । मंगलबार सदरमुकाम फुङ्लिङ बजारमा सञ्चालित आठ वटा औषधि पसल तथा मेटिकलहरूमा समितिले सिटामोलको मौज्दात बारे अनुगमन गरेको थियो ।
अधिकांश मेडिकल हलहरूमा शून्य, कुनैमा एक सयदेखि चार सय चक्कीसम्म सिटामोलको मौज्दात रहेको अनुगमन समितिका कार्यदल संयोजक सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले बताए । खपत बढी हुने भएकाले मौज्दात सिटामले माग धान्न सक्ने अवस्था नरहेको समितिले जनाएको छ ।
ताप्लेजुङ जिल्ला अस्पतालमा भने दुई लाख ६ हजारभन्दा बढी सिटामोल चक्की मौज्दात रहेको जिल्ला अस्पाताल ताप्लेजुङका सूचना अधिकारी विजया राईले बताइन ।अधिकांश सिटामल ६ महिनाको समयभित्र उपभोग गरिसक्नु पर्ने अवस्थाको रहेको जिल्ला अस्पतालले जनाएको छ ।
जिल्ला अस्पतालले जिल्लाभरका अन्य स्वास्थ्य संस्थाहरूमा समेत औषधि पठाउनु पर्ने भएकाले थप आपूर्ति नभए सिटामोल अभाव हुने अनुगमन समितिको निश्कर्ष छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार