मछिन्द्रलाई पराजित गर्दै एपीएफ आहाराराको फाइनलमा
नेपालबहस संवाददाता
माघ १२, २०७८ बुधबार २२:४३:४९
१२ माघ, काठमाडौं । दश खेलाडीमा सिमित मछिन्द्र फुटबल क्लबलाई बुधबार ३–१ अन्तरले पराजित गर्दै विभागीय टोली एपीएफ फुटबल क्लब आहारारा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ ।
सहिद स्मारक ए डिभिजन लिग लिडर मछिन्द्रलाई पराजित गर्ने क्रममा एपीएफका लागि सनिष श्रेष्ठ, प्रदीप लामा र कप्तान नवीन लामाले एक-एक गोल गरे । मछिन्द्रका ओमोलाजा करिमले सान्त्वना गोल गरे ।
पराजित भएसँगै मछिन्द्र प्रतियोगिताबाट बाहिरिएको छ । अब, उपाधिका लागि एपीएफले मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी फुटबल क्लबको विजेतासँग खेल्ने छ ।
खेलको २५औँ मिनेट एपीएफले अग्रता बनाएको थियो । मणि लामाको फ्रि-किकमा सनिषले हेड गोल गरे । खेलको ४०औँ मिनेटमा करिमले बराबरी गोल फर्काए । कप्तान रन्जित धिमालको फ्रि-किकमा करिमले बक्सबाट उत्कृष्ट हेड गर्दै बराबरी गोल गरे ।
खेलको ६८ मिनेटमा एपीएफले पुनः अग्रता बनायो । यसपटक प्रदीप लामाले गोल गरे । कप्तान नवीन लामाले मैदानको दायाँ भागबाट गरेको क्रसमा बक्सभित्रबाट प्रदीपले मछिन्द्रका गोलरक्षक सूर्य अधिकारीलाई बिट गर्दै सहज गोल गरे ।
खेलको इन्जुरी समयको आठौँ मिनेटमा कप्तान नवीन लामाले गोल गर्दा एपीएफले सहज जित पायो । आभाष लामिछानेको प्रहार गोलरक्षक सूर्य अधिकारीले रोकेको रिबाउण्डमा नवीनले खाली पोष्टमा गोल गरे ।
खेलको दोस्रो हाफमा मछिन्द्र १० खेलाडीमा सिमित भएको थियो । रेफ्री कविन्द्र व्यञ्जनकारविरुद्ध आपत्ति जनाउँदै ‘डेड बल’ हिर्काएपछि करिमले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाडेका थिए ।
प्रतियोगितामा दुबै टोली आफ्ना मुख्य खेलाडीविना मैदान प्रवेश गरेका थिए । मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठसहित, देवेन्द्र तामाङ, सुजल श्रेष्ठ, विशाल राई, विमल घर्ती मगर, मनिष डाँगी, सुनील बल राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका छन् । यता, एपीएफका आशिष लामा बन्द प्रशिक्षणमा रहेका छन् । प्रतियोगिताको दोस्रो सेमिफाइनमा भोलि ‘बिहीबार’ हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहेन्द्रनगरमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु
बैशाख ४, २०८१ मंगलबार
रातो कार्ड पाएका रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध
बैशाख ४, २०८१ मंगलबार
सुर्खेतमा हुने महिला लिग क्वालिफायर्सको खेल तालिका सार्वजनिक
बैशाख २, २०८१ आइतबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार