खोटाङमा वार्षिक १.५६ प्रतिशतका दरले जनसंख्या घट्यो
नेपालबहस संवाददाता
माघ १२, २०७८ बिहिबार ३:४१:३६
१२ माघ, खोटाङ । १० वर्षअघिको तुलनामा खोटाङको जनसंख्या घटेको पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार खोटाङमा वार्षिक १.५६ प्रतिशतका दरले जनसंख्या घटेको देखिएको हो ।
२०६८ सालको जनगणना अनुसार २ लाख ६ हजार ३१२ जनसंख्या रहेको जिल्लामा २०७८ को प्रारम्भिक नतीजामा १ लाख ७५ हजार ३४० जनसंख्या देखिएको तथ्याङ्क विभागले प्रकाशित गरेको नतिजामा उल्लेख छ ।
जनसंख्याको प्रारम्भिक नतिजामध्ये जिल्लामा पुरुष ८६ हजार ५२१ र महिला ८८ हजार ८१९ जना छन् । यस्तै, जनगणना घर संख्या ४० हजार ३९२ र परिवार संख्या २१ हजार १०४ रहेको विभागले जनाएको छ । जिल्लामा परिवारको औषत आकार ४.१६ र जनघनत्व ११० रहेको उल्लेख छ ।
कुन पालिकामा कति जनसंख्या ?
खोटाङका स्थानीय तहमध्ये सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र सबैभन्दा कम जनसंख्या साकेला गाउँपालिकामा देखिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४३ हजार २९५, हलेसी तुवाचुङ नगरपालिकामा २७ हजार २७४, खोटेहाङ गाउँपालिकामा १६ हजार ९५२, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १६ हजार ५४९, ऐसेलुखर्क गाउँपालिकामा १३ हजार ५८१ जनसंख्या रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।
यस्तै, केपिलासगढी गाउँपालिमामा १३ हजार ३३९, जन्तेढुंगा गाउँपालिकामा १२ हजार ६६ जना, बराहपोखरी गाउँपालिकामा ११ हजार ४१६, रावाबेँसी गाउँपालिकामा ११ हजार २१८ र साकेला गाउँपालिकामा ९ हजार ३०७ रहेको विभागले प्रकाशित गरेको नतिजामा उल्लेख छ ।
१२ औं जनगणनाका क्रममा खोटाङमा गत ३० भदौदेखि १८ असोजसम्म घर तथा घरपरिवार सूचीकरण र २५ कात्तिकदेखि ९ मंसिरसम्म मूख्य गणनाका गरिएको थियो । मूख्य गणनाका क्रममा जिल्लामा २९० गणक खटाइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार
कोशीमा एमाले र माओवादीले पेश गरे संकल्प प्रस्ताव
बैशाख ६, २०८१ बिहिबार
कोशीमा एमालेको ह्वीप
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार