स्वास्थ्य र पशु बीमामा शतप्रतिशत अनुदान
नेपालबहस संवाददाता
माघ १३, २०७८ बिहिबार २०:२६:५३
१३ माघ, भक्तपुर । चाँगुनारायण नगरपालिकाको एउटा वडाले आफ्ना नागरिकलाई स्वास्थ्यदेखि पशु बीमासम्ममा शतप्रतिशत अनुदान दिएको छ । चाँगुनारायण नगरपालिका–३ झौखेलले आफ्नो नागरिकको स्वास्थ्यमा सहज पहुँच पु¥याउने र पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले यस्तो कार्यक्रम लागू गरेको हो ।
नगरपालिकाले आफ्ना नगरभरिका सबै नागरिकलाई स्वास्थ्य उपचारमा पहुँच पु¥याउन ५० प्रतिशत अनुदान प्रदान गरेको छ । चानपा–३ झौखेलले नगरपालिकाबाट आएको ५० प्रतिशत अनुदानमा अर्को ५० प्रतिशत वडाको अन्य बजेटबाट मिलान गर्दै वडाका सबै नागरिकलाई शतप्रतिशत अनुदान प्रदान गरेको वडाध्यक्ष श्यामसुन्दर धिमालले जानकारी दिए।
उनले भने,“सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा पु¥याएर उपचारमा सहज बनाउने लक्ष्यसाथ रु २५ लाख बजेट विनियोजन गर्दै वडाका आठ सय परिवारलाई शतप्रतिशत अनुदानमा स्वास्थ्य बीमा गराएका हौँ ।”
त्यसैगरी आफ्ना वडाका सबै नागरिकलाई पशुपालनमा आकर्षित गराउन वडा कार्यालयले पशु बीमामासमेत शतप्रतिशत अनुदान दिएको छ । पशु बीमा तर्फ राज्यले ८० प्रतिशत अनुदान दिएको र वडाले २० प्रतिशत थपेर शतप्रतिशत पु¥याएको हो । वडामा अहिलेसम्म दुई सय किसान लाभान्वित भएको जानकारी दिँदै वडाध्यक्ष धिमालले गाईभैसी गरी दुई हजार पशुको बीमा गरिएको जानकारी दिए ।
पशुबीमा गरेका किसानले पशुको मृत्यु भएमा ९० प्रतिशत रकम पाउने र पशुले हानेर किसानको मृत्यु भए पाँच लाख रुपैयाँ किसानले पाउने गरी किसानकोसमेत बीमा हुने उनले जानकारी दिए । यसवर्ष वडा कार्यालयले कृषि कार्यक्रमका लागि रु १६ लाख बजेट विनियोजन गर्दै किसानलाई कृषि टनेल निर्माण गर्न प्लास्टिक अनुदान दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार