३ जेष्ठ २०७९, मंगलवार

२ सय ७ कुकुरको बन्ध्याकरण र रेविजविरुद्ध खोप

प्रकाशित मिति :  १३ माघ २०७८, बिहीबार २१:२१


१३ माघ, दाङ । दाङमा २ सय ७ कुकुरलाई बन्ध्याकरण तथा रेविज विरुद्ध खोप लगाइएको छ । घोराही उपमहानगरपालिका पशु सेवा शाखाको आयोजना तथा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङको प्राविधिक सहयोगमा आइतबारदेखि विहवार सम्ममा नि:शुल्क कुकुरहरुको बन्ध्याकरण गर्ने र रेविजविरुद्ध खोप लगाउने काम भएको हा ।

पशु सेवा शाखाका प्रमुख जिबराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले रेबिज जस्ता प्राण घातक रोगबाट नागरिकलाई बचाउन यस्ता कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताएका थिए । शिविरबाट १ सय ३१ कुकुरको बन्ध्याकरण गरिएको हो भने २ सय ७ कुकुरलाई रेविज विरुद्ध खोप लगाईएको हो । जसमा ७४ घरपालुवा र १३३ सडक कुकुर रहेका छन् ।

घोराही बजार क्षेत्रमा केही दिनपहिले ३५ जना बढी व्यक्तिलाई बौलाह कुुकुरले टोकेपछि यो अभियान थालिएको थियो । साथै कुकुरले टोकेका मानिसका लागि रेविज विरुद्धको खोप राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा निशुल्क व्यवस्था गरिएको पशु सेवा शाखाले जनाएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा



सिंगो स्थानीय सरकारमा एक दल !
नेपालबहस संवाददाता


नवौं राष्ट्रिय खेलकुद सर्ने
नेपालबहस संवाददाता