३ जेष्ठ २०७९, मंगलवार

क्यान साधारणसभा फागुन १३ र १४ गते हुने

प्रकाशित मिति :  १३ माघ २०७८, बिहीबार २२:३९


१३ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ ‘क्यान’ को वार्षिक साधारण सभा आगामी फाल्गुनमा हुने भएको छ । क्यानको बिहीबार बसेको बोर्ड बैठकले साधारणसभा १३ र १४ फागुनमा धनगढीमा गर्ने निर्णय गरेको हो ।

यस अघि माघमा साधारणसभा धनगढी गर्ने भनिएपनि २० जिल्ला संघको अधिबेशन नभएका कारण रोकिएको थियो । यस्तै सङ्घका अध्यक्ष चतुर बहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोशन कुमार सिंह, सदस्य दुर्गाराज पाठक र सदस्य पदम बहादुर खड्का सम्मिलित ५ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ ।

यता, अनुशासन उल्लङ्घन सम्बन्धी संघले गठन गरेको छानबिन समितिले गरेको सिफारिस बमोजिम चार जना खेलाडीहरूलाई २०२२ को सेन्ट्रल कन्ट्याक्टमा सुरुको ६ महिनाको लागि सहभागी नगराउने संघको अघिल्लो बैठकको निर्णय समेत फिर्ता लिइएको छ ।

यस्तै ओमान भ्रमणमा रहेका तर अनुबन्धनमा नरहेका खेलाडीहरू विक्रम सोव, गुलसन झा र रोहित पौडेललाई प्रोत्साहन भत्ता स्वरूप रु १ लाख जनही र महिला खेलाडी ज्योति पाण्डेलाई रु ५० हजार प्रदान गर्ने क्यानके निर्णय गरेको छ । यस्तै राष्ट्रिय क्रिकेट खेलाडी ललित नारायण राजवंशीको उपचार खर्चको लागि रु एक लाख पचास हजार सहयोग गर्ने निर्णय गरिएको छ ।

संघले आर्थिक समितिको संयोजकमा रोशन कुमार सिंह, छनोट समितिको संयोजकमा दीपेन्द्र चौधरी, प्राविधिक समितिको संयोजकमा वीरेन्द्र बहादुर चन्द, प्रतियोगिता समितिको संयोजकमा माधव कर्माचार्य, क्रिकेट समितिको संयोजकमा ड्ड कैलाश बिस्ट लाई मनोनयन गर्ने निर्णय गरेको छ।

यस्तै क्यानले महिला तथा पुरुष राष्ट्रिय खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ क्यानले पुरुष तथा महिला राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई २०२२ को केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय गरिएको हो । पुरुष खेलाडी तर्फ कतान सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरि, सोमपाल कामी र करण केसी ग्रेड ‘ए’ मा रहेका छन् ।

ग्रेड ‘बी’ मा कुशल भुर्तेल, आसिफ सेख, शरद भेसवाकर, आरिफ सेख, अविनाश बोहरा र विनोद भण्डारी रहदा ग्रेड ‘सी’ कुशल मल्ल, रोहित कुमार पौडेल, कमल सिंह ऐरि, विक्रम सोव, साहब आलम, सुशन भारी र पवन सर्राफछन् । यस्तै महिला खेलाडीहरू तर्फ ग्रेड ‘ए’ मा रुबिना छेत्री, सिता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी छन् ।

यस्तै ग्रेड ‘बी’ मा सरिता मगर, कविता कुवर, अप्सरी बेगम, सरस्वती चौधरी, सवनम राई र ज्योति पाण्डे रहदा ग्रेड ‘सी’ मा डली भट्ट, कविता जोशी, सङ्गीता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र बिन्दु रावल रहे ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा
नवौं राष्ट्रिय खेलकुद सर्ने
नेपालबहस संवाददाता