यस्तै कारणले भड्किन्छ नेपालमा भारतबिरोधी भावना
इन्द्र रिजाल
फागुन १०, २०७८ बुधबार ०:५६:६
१० फागुन, काठमाडौं । ‘भारतीय कम्युनिष्ट पार्टी (माओवादी)’ लाई नयाँदिल्लीले आफ्नै नाम दिएको छ ‘नक्सली’ । किन उनीहरूलाई भारत सरकारले बेग्लै नाम दिनुपर्यो ? जब कि सन् १९६७ मा बंगालको नक्सलबाडीलाई आधार इलाका बनाएर यस्तै आतंक मच्चाएका ‘नक्सलवादी’ हरू निमिट्यान्न भइसके ।
होला, भा.क.पा. (माओवादी) ले त्यो विरासत र निरन्तरता बोकेको होस् । चीनमा गान्धीवादी छैनन् भने भारतमा माओवादी देख्ने जरुरत नभएर लाज जोगाउन अर्कै नामले चिन्ने काम पनि हुनसक्छ । चीनमा १९६७ ताका सांस्कृतिक क्रान्तिको पराकाष्ठामा भारतीय ‘नक्सलवादी आन्दोलन’ लाई चिनियाँ कम्युनिस्ट पार्टीको आठौँ कांग्रेसले ‘बसन्तको मेघ गर्जन’ भन्ने उपनामले महिमामण्डित मात्र गरेको थिएन, भारतका नक्सलवादीहरू आफ्ना मित्रशक्ति भएको अवधारणा नै पास गरेको थियो । आजको चीन के भन्दैछ, थाहा छैन ।
नेपालको छिमेकी मित्रराष्ट्र भारतको राजधानी नयाँ दिल्लीमा ‘बाह्रबुँदे समझदारीपत्र’ नामक धर्मपत्र गराएर लोकतन्त्रवादी पार्टीहरू र नेपाली माओवादीका बीच मितेरी लगाइदिने काममा भारतीय कांग्रेसको नेतृत्वमा त्यहाँको कर्मचारीतन्त्र लागेको थिएन भन्यो भने कुनै नेपालीले पत्याउँदैन । माओवादीलाई सिंहदरबारमा हुलिदिएर नारायणहिटी राजदरबारबाट राजतन्त्र उखेल्न त्यस्तो काम भयो, जस्तो कि मूलढोकाबाट न्याउरीलाई धपाएर पछाडिको ढोकाबाट कोठाभित्र गोमन सर्प हुल्ने काम भयो । यो त अहिले भारतकै लागि पनि महँगो साबित भएको छैन र ? यसो गरेर भारतले के श्रेय पायो ? वर्तमान माओवादीका गतिविधिले नै प्रष्ट पारेको होला, किम् अधिकम् !
जुन कुरा आफूलाई उपयुक्त लाग्दैन, त्यही कुरा छिमेकीमाथि लाद्दा सम्बन्ध प्रीतिकर बन्नसक्दैन भन्ने तत्वज्ञान नयाँदिल्लीमा नहोला भन्न मिल्दैन । छानो जोडिएको छिमेकीको धुरीमा आगो झोसिदिँदा आफूचाहिँ सुरक्षित रहनसक्छु भन्ने भ्रम कसैसँग छ भने त्यस्तो भ्रमले आफैंलाई पिरोल्ने जोखिम पनि हुन्छ ।
दिल्लीको एक पत्रकार सम्मेलनमा एउटा विदेशी पत्रकारले सोधेछन्, ‘जसरी भारतले बाह्रबुँदे समझदारीपत्र गराईदिएर नेपालका माओवादी र संसदवादी दलका बीच सहकार्यको बाटो खोलियो, त्यसैगरी भारतका माओवादी र नयाँदिल्लीका बीच त्यस्तै समझ्दारीपत्र गराउन नेपालले सक्छ कि सक्दैन ? नेपाल यसबारे के चाहन्छ ?’ यो प्रश्न प्रधानमन्त्री तथा नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवालाई सोधिएको थियो । देउवाले ‘भारतका माओवादीलाई तह लगाउन भारत आफैं सक्षम छ’ भन्नेखालको गोलमटोल जवाफ दिएर उम्किएका थिए ।
ती पत्रकारले गहन प्रश्न सोधेका हुन् । नेपालका माओवादीलाई यहाँको सत्तासँगको सम्बन्धका हकमा कस्तो व्यवहार गर्नु उचित हुन्छ भनी जान्ने भारतीय नेताहरूले आफ्नै मुलुकमा, डा. मनमोहन सिंह प्रधानमन्त्री रहँदा उनले भनेजस्तो ‘सबभन्दा ठूलो आन्तरिक सुरक्षा खतरा’ लाई निरीहले झैँ किन पालिराख्या होला ! ‘मानिसको पाण्डित्य अरूलाई काम लाग्छ न कि आफूलाई परिआउँदा’ भनिन्छ । जुन कुरा आफूलाई उपयुक्त लाग्दैन, त्यही कुरा छिमेकीमाथि लाद्दा सम्बन्ध प्रीतिकर बन्नसक्दैन भन्ने तत्वज्ञान नयाँदिल्लीमा नहोला भन्न मिल्दैन । छानो जोडिएको छिमेकीको धुरीमा आगो झोसिदिँदा आफूचाहिँ सुरक्षित रहनसक्छु भन्ने भ्रम कसैसँग छ भने त्यस्तो भ्रमले आफैंलाई पिरोल्ने जोखिम पनि हुन्छ ।
नेपालसँग गरिएको कुटिल व्यवहार कालान्तरमा आफैंतिर फर्किन्छ भन्ने ध्रुवसत्यलाई आत्मसात गरेर भारतले नेपालसँग व्यवहार अपनाओस् भन्ने आवाज, पेटमा कुरा नलुकाई बोल्ने सच्चा मित्रको आग्रह हो । नेपाल–भारत सम्बन्धका नाममा दलाल पाल्ने आरोप लागेको भारतलाई शुभेच्छुकको निःस्वार्थ आग्रह अरुचिकर लाग्नसक्ला ।
आज पनि भारतको ‘माओवादी जनयुद्ध’ त्यहाँको भित्री युद्ध (India’s hidden war) का नामले चिनिन्छ । उडिसा, छत्तिसगढ, झारखण्डजस्ता खानीका धनी राज्यमा माओवादीको आधार इलाका छ । भारतका कुल ६०४ प्रशासकीय जिल्लामध्ये करीब दुईसय जिल्लामा भारतीय माओवादीको सक्रिय सैन्य गतिविधि छ । यसबाट २८ वटा जिल्ला प्रभावित भएका छन् । त्यहाँको राज्य पुलिस खुफिया विभागका प्रमुखले बताएका थिए, “नक्सलीहरूले परिस्कृत रणनीति र आधुनिक हतियारको विकास गरिसकेका छन् । रकेट प्रक्षेपक, मोर्टार शेल र मेशिनगन जस्ता हातहतियार बरामद भएका छन् ।”
नेपाली माओवादीले नेपाली सेनाबाट लुटेका धेरै हतियारमध्ये ७८१ वटा शक्तिशाली आधुनिक हतियार भारतका माओवादीलाई दिएका थिए । यताका माओवादीलाई हतियारको काम नआएपछि ‘शत्रु’ लाई बुझाउनुभन्दा हतियार उठाइरहेको आफ्नो मित्रशक्तिलाई दिनु उचित हुन्छ भनी ती हतियार भारतीय माओवादीलाई हस्तान्तरण गरेका थिए । तिनै हतियारको तुजुकमा भारतीय माओवादीले त्यसबेला निकै ठूला आक्रमण गरेर भारतीय सुरक्षाफौजतिर ठूलो हताहती गराइदिएका थिए ।
नेपाल र भारत सबै कुराले छिमेकी र परममित्र मुलुक हुन् । नेपालको विकासमा भारतले धेरै किसिमको सहयोग गरेको छ । नेपाली जनजीवनमा भारतले अविष्मरणीय गुण लगाएको छ, हामीलाई ऋणी बनाएको छ पनि । तर उसको नेपालप्रतिको व्यवहार किन ‘उपरखुट्टे मनोवृत्ति’ को तुच्छ बडप्पनबाट निर्देशित हुन्छ ? नेपालसँग गरिएको कुटिल व्यवहार कालान्तरमा आफैंतिर फर्किन्छ भन्ने ध्रुवसत्यलाई आत्मसात गरेर भारतले नेपालसँग व्यवहार अपनाओस् भन्ने आवाज, पेटमा कुरा नलुकाई बोल्ने सच्चा मित्रको आग्रह हो । नेपाल–भारत सम्बन्धका नाममा दलाल पाल्ने आरोप लागेको भारतलाई शुभेच्छुकको निःस्वार्थ आग्रह अरुचिकर लाग्नसक्ला । तर एकदुई उदाहरण हेरौँ, नेपालतिर गरिएको गलत व्यवहारको परिणतिको मार आखिर भारततिरै पर्न गएको कुरा इतिहासका तथ्यहरूले नै बताउँछन् ।
भारतकै निर्णय र व्यक्ति चयनमा दुई देशबीच आजसम्म विद्यमान समस्याको संयुक्त अध्ययन गरी सिफारिशसहितको विस्तृत रिपोर्ट तयार गर्न ‘प्रबुद्ध व्यक्ति समुह’ (ईपीजी) गठनबारे भारत सरकारले निर्णय गर्यो । नेपालबाट डा.भेषबहादुर थापा, निलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र डा. राजन भट्टराई रहेका र भारत पक्षबाट भगतसिंह कोशियारी, प्रो. जयन्तप्रसाद, डा. महेन्द्र पी. लामा र बीसी उप्रेती थिए । उक्त समुहले लामो अध्ययन पछि एउटा गहकिलो प्रतिवेदन तयार गरी सर्वप्रथम भारतीय प्रधानमन्त्रीलाई बुझाउने त्यसपछि नेपालका प्रधानमन्त्रीलाई बुझाउने सर्वसम्मत निर्णय लियो । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो रिपोर्ट बुझ्न मानेनन् । आजसम्म सो प्रतिवेदन धुलो खाएर थन्किरहेको छ ।
नेपालप्रतिको भारतीय गलत नीतिको परिणतिले यसो भएको हो । मधेसी नेता पालेर मधेसमा भारतको प्रतिष्ठा बढाउने ठेक्का दिएका मधेसी दलका कारणबाट पनि यसो भएको बुझ्न गाह्राे छैन । मधेसमा नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक शक्तिलाई धराशायी पारेर ‘मधेशवादी’ नामका बदनाम दलहरूलाई बढावा दिँदा मधेसमै भारतबिरोधी भावना बढ्नथालेको यथार्थलाई भारतले स्वीकार्नु जरूरी छ ।
२०१९ सालदेखि नै भारतले महाकाली क्षेत्रको लिपुलेक, लिम्पियाधुरा क्षेत्रको तीनसय वर्गकिलोमिटर क्षेत्र हडपिरहेको छ । आफ्नो राजनीतिक मानचित्रमा गाभिसकेको छ । हाल त्यहाँ उसले मानसरोवर जाने तीर्थयात्रीको सुविधालाई दृष्टिगत गरी राजमार्ग स्तरमा सडक विस्तार गरिरहेको छ । नेपालले रुन्चे लवजमा नै सही, विरोध गरिरहेको छ । तर भारत दुईपक्षीय वार्ताद्वारा यो समस्या हल गर्न तयार छैन । समाधान वार्ताको निम्ति नेपालले आग्रह गर्दा ऊ कोरोना महामारीको त्रासलाई बहाना बनाएर उम्किने दाउ मात्र गरिरहेको छ ।
नेपालसँग सम्बन्ध सुमधुर बनाउने भन्दै भारतीय प्रधानमन्त्रीले १७ वर्षसम्म नेपालको भ्रमण नगरेको अवस्थालाई चिर्दै २०७१ सालमा भारतीय प्रधानमन्त्री मोदी नेपालको भ्रमणमा आएर राम्रो छवि बनाएका थिए । तर २०७२ मा नेपालमा संविधान जारी भएपछि भूकम्पले थिलथिलो भएको नेपाललाई ५ महिनासम्म क्रुरतापूर्ण नाकाबन्दी गरेर उनले नेपालको विरुद्धमा ठूलो अपराध गरे । नेपालीहरूले त्यो पीडा आजसम्म बिर्सन सकेका छैनन् । एउटा छिमेकीलाई संकटको अवस्थामा अर्को छिमेकीले नाकाबन्दी गरेर थप दुःख दिनु सज्जन छिमेकीबाट हुने व्यवहार होइन । भारतले त्यस्तै अधम व्यवहार अपनायो । त्यसले गर्दा सुगौलीको सन्धीताका (सन् १८१६) भएको भारतविरोधी घृणा फेरि बौरिएर उठ्यो ।
इतिहासमा पनि त्यस्तै
नेपालको इतिहासमा पहिलो विमान अपहरण २०३१ सालमा तत्कालीन शाही नेपाल वायुसेवा निगमको विराटनगरबाट काठमाडौँका लागि उडेको यात्रुबाहक एभ्रो जहाजलाई नेपाली कांग्रेसले अपहरण गरेर भारतको फार्बिसगञ्जमा पुर्याइयो । बिमानमा, नेपाल राष्ट्र बैंकले काठमाडौँ पठाएको तीसलाख भा.रू अपहरणकारीले लगे । विमान अपहरणका मूल योजनाकार गिरिजाप्रसाद कोइरालाले आफ्नो संस्मरणमा भनेका छन्, तत्कालीन ‘रअ’ (भारतको बाह्य गुप्तचर संस्था ‘रिसर्च एण्ड एनालिसिस् विङ) का संस्थापक प्रमुख रामेश्वरनाथ काओ (सन् १९१८—२००२) सँगको सल्लाह र सहमतिमै अन्तिम विकल्पका रुपमा त्यो विमान अपहरण गरियो ।
नेपालका माओवादीलाई ‘गणतन्त्रको संवाहक शक्ति’, ‘क्रान्तिकारी’ र ‘लोकतान्त्रिक शक्ति’ देखे पनि त्यो आखिर आफ्ना मुलुकका माओवादीप्रति गरिएको व्यवहारबाट ‘डबल स्टान्डर्ड’ सावित भएको छ । भारतले आफ्ना माओवादीलाई र नेपालका माओवादीलाई हेर्ने दृष्टिकोणमा समानता नअपनाएसम्म र अन्य कतिपय मामिलामा पनि उसले सफलता र प्रतिष्ठा पाउला जस्तो पनि लाग्दैन ।
लौ, नेपालको विमान अपहरणले त भारतको टाउको दुखाइ भएन रे ! तर पाकिस्तानको एउटा आततायी दस्ता ‘हर्कत–उल–मुजाहिद्दीन’का एक वरिष्ठ नेताले एक सन्दर्भमा भनेका रहेछन्, हामीले केही दशकदेखिका दक्षिण एशियामा भएका विमान अपहरणका घटनाको गम्भीर अध्ययन गर्र्यौँ । यसमा सन् १९७१ मा इन्डियन एयरलाइन्सको फोकर बिमान श्रीनगरबाट लाहोर लगेको घटना, बांग्लादेश स्वतन्त्रता आन्दोलनका बेलामा भएको पाकिस्तानी एयरफोर्सको बिमान अपहरण, १९७८ मा भएको इन्डियन एयरलाइन्सको बिमान अपहरण, १९८२ मा एउटा सिख लडाकूले इन्डियन एयरलाइन्सको मुम्बई–नयाँदिल्ली उडानको बिमान अपहरण, १९८४ मै इन्डियन एयरलाइन्सको दिल्लीबाट श्रीनगरका लागि उडेको बिमान सात सिख अपहरणकारीले गरेको हाइज्याक, १९९३ मा इन्डियन एयरलाइन्सकाे अमृतसर जाँदै गरेको जहाज अपहरण, १९९९ डिसेम्बरको आखिरीतिर हामीले काठमाडौँबाट उडेको इन्डियन एयरलाइन्सको जहाज अपहरण गर्दा १९७३ मा आन्तरिक उडानमा रहेको नेपालको सानो विमान अपहरण गरेको रेकर्डबाट नेपालबाट पनि हाइज्याक सम्भव छ रहेछ भन्ने निष्कर्ष बनाएका थियौँ ।
माथिको भनाइले के देखाउँछ भने २०५६ पुसमा नेपालबाट उडेको भारतीय बिमान अपहरण गर्नका लागि अपहरणकारीले २०३० सालको अपहरण काण्डलाई आधार मानेको रहेछ ।
आज नेपालको तराईमा मधेसी समुदायबीच नै भारतबिरोधी भावना बढेर आएको छ । नेपालप्रतिको भारतीय गलत नीतिको परिणतिले यसो भएको हो । मधेसी नेता पालेर मधेसमा भारतको प्रतिष्ठा बढाउने ठेक्का दिएका मधेसी दलका कारणबाट पनि यसो भएको बुझ्न गाह्राे छैन । मधेसमा नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक शक्तिलाई धराशायी पारेर ‘मधेशवादी’ नामका बदनाम दलहरूलाई बढावा दिँदा मधेसमै भारतबिरोधी भावना बढ्नथालेको यथार्थलाई भारतले स्वीकार्नु जरूरी छ ।
नेपालका माओवादीलाई ‘गणतन्त्रको संवाहक शक्ति’, ‘क्रान्तिकारी’ र ‘लोकतान्त्रिक शक्ति’ देखे पनि त्यो आखिर आफ्ना मुलुकका माओवादीप्रति गरिएको व्यवहारबाट ‘डबल स्टान्डर्ड’ सावित भएको छ । भारतले आफ्ना माओवादीलाई र नेपालका माओवादीलाई हेर्ने दृष्टिकोणमा समानता नअपनाएसम्म र अन्य कतिपय मामिलामा पनि उसले सफलता र प्रतिष्ठा पाउला जस्तो पनि लाग्दैन । साथै डबल स्टान्डर्डको अवस्था रहेसम्म नेपाल–भारत सम्बन्ध जनस्तरदेखि सत्तासम्म सुमधुर हुन पाउँदैन ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार