प्रोग्रेसिभ फाइनान्सको साधारण सभा कहिले ?
नेपालबहस संवाददाता
फागुन २२, २०७८ आइतबार १६:३४:५७
२२ फागुन, काठमाडौं । प्रोग्रेसिभ फाइनान्सको २५औं साधारण सभा चैत १६ गते हुने भएको छ । साधारण सभा ज्यापू प्रज्ञा भवन, भोलगणेश, ललिपुरमा दिउँसो १ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।
यसअघि पुस ३० गते बोलाइएको कम्पनीको २५औं साधारण सभा कोभिड महामारी तथा प्राविधिक कारणले स्थगित भएको थियो ।
सभाको प्रस्तावमा गत वर्षको नाफाबाट शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३१५ नगद लाभांश वितरण गर्ने रहेको छ ।
सभाको अन्य प्रस्तावमा अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने, गाभिने तथा प्राप्ति गर्नु परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिने रहेको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले यसअघिकै बुक क्लोज मिति पुस १९ गते नै कायम गरेको जानकारी दिएको छ । बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीले मात्रै प्रस्तावित लाभांश र सभामा भाग लिन पाउनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोर्खाज फाइनान्सको साधारणसभा २ चैतमा, मुख्य एजेण्डा के हो ?
फागुन २८, २०८० सोमबार
गोर्खाज फाइनान्सको चैत २ गते बस्दैछ साधारणसभा
फागुन २२, २०८० मंगलबार
मल्टिपर्पस फाइनान्सको साधारणसभा आज, मुख्य एजेण्डा के हो ?
फागुन १८, २०८० शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार