३० फागुन, काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा सञ्चालनमा रहेका १७ मध्ये १५ वित्त संस्थाले ७७ करोड ६५ लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन्। उक्त मुनाफा गत वर्षको तुलनामा भने कम हो । गत वर्ष यसै अवधिमा फाइनान्स कम्पनीले ८५ करोड मुनाफा गरेका थिए ।
गत वर्षको माघ मसान्तको तुलनामा चालु आवको सात महिनामा फाइनान्स कम्पनीको मुनाफा १०.२३ प्रतिशतले घटेको हो।
माघ मसान्तसम्ममा सबैभन्दा धेरै नाफा कमाएको बेष्ट फाइनान्सले हो। यसले चालु आवको सात महिनामा १३ करोड ४ लाख रुपैयाँ मुनाफा गरेको छ । यस्तै, आइसएफसी फाइनान्सले १० करोड १८ लाख रुपैयाँ मुनाफा गरेको छ।
दुई वित्त संस्था घाटामा पनि रहेका छन्। माघ महिनासम्म आइपुग्दा समृद्धि फाइनान्स करिब २ करोड रुपैयाँ नोक्सानीमा छ भने क्यापिटल मार्केट्स बैंकिंग एण्ड फाइनान्सको नोक्सानी ४५ लाख रुपैयाँ छ।