१६ चैत, काठमाडौं । प्रोग्रेसिभ फाइनान्सको २५औं साधारण सभा आज (बुधवार) हुुँदैछ । साधारण सभा ज्यापू प्रज्ञा भवन, भोलगणेश, ललिपुरमा दिउँसो १ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।
यसअघि पुस ३० गते बोलाइएको कम्पनीको २५औं साधारण सभा कोभिड महामारी तथा प्राविधिक कारणले स्थगित भएको थियो ।
सभाको प्रस्तावमा गत वर्षको नाफाबाट शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३१५ नगद लाभांश वितरण गर्ने रहेको छ ।
सभाको अन्य प्रस्तावमा अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने, गाभिने तथा प्राप्ति गर्नु परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिने रहेको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीले मात्रै प्रस्तावित लाभांश र सभामा भाग लिन योग्य भएका छन् ।