सिम्रिक बचत तथा ऋण सहकारीद्वारा ऋण मिनाहा
नेपालबहस संवाददाता
चैत १८, २०७८ शुक्रबार २३:२७:२२
१८ चैत, काठमाडौं । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले गौरादह सेवा केन्द्रमा आबद्ध ऋणी दुई जना सदस्यहरुको कर्जा मिनाहा गरेको छ । सहकारी संस्थाले आईतमाया लिम्बु र जिवन ताजपुरियाको ऋण मिनाहा गरेको हो ।
संस्थाको गौरादह सेवाकेन्द्रमा शेयर सदस्य गौरादह १ डिठ्ठाचौक निवासी जिवन ताजपुरिया र सोहि शेवा केन्द्र अन्तर्गत लघुबित्त केन्द्र नं. ४३ मा आबद्ध दमक ७ सेर्पाली टोल निवासी आईतमाया लिम्बुको असामयिक निधन हुँदा उहाँहरुले लिएको ऋण मिनाहा गरेको छ ।
सहकारी संस्थाले शेयर सदस्यहरु बिरामी पर्दा उपचारको प्रबन्ध समेत मिलाएको सिम्रिक साकोसले बिभिन्न कारणले मृत्यू बरण गर्न पुगेका सदस्यहरुले लिएको बाकी सावा रकम मिनाहा गर्ने नीति अवलम्बन गर्दै आईरहेको गौरादह सेवाकेन्द्र प्रमूख बेदप्रसाद आचार्यले बताए ।
स्व. जीवन ताजपुरियाको नाममा तिर्न बाकी कर्जा ९८ हजार ४५० रुपैयाँ र आईतमाया लिम्बुको तिर्न बाकी सावा ८ हजार ३३२ रुपैयाँ घरमै गएर कर्जा मिनाहाको पत्र प्रदान गरिएको आचार्यले नेपालबहस डटकमलाई बताए ।
सिम्रिक साकोस पूर्वका झापा, मोरंग र ईलाममा अत्यन्तै लोकप्रिय बन्दै गैरहेको उक्त संस्थामा आबद्ध रहि कारोबार गरिरहेका शेयर सदस्यहरुले बताउछन् ।
कर्जा मिनाहा कार्यक्रममा सिम्रिक सोकोसलाई माया गर्ने सामाजिक संघसंस्थाहरुको समेत उपस्थिति हुन थाल्नुले यसको गरिमा अझै बढदै जान थालेको देखिन्छ ।
सेवाकेन्द्र प्रमुख बेद प्रसाद आचार्य लगायत कर्मचारीहरुको उपस्तिथिमा भएको कर्जा मिनाहा कार्यक्रममा गौरादह न.पा. ताजपुरिया समाज कल्याण परिषदका सचीव नन्दलाल ताजपुरिया, नगर कमिटी सदस्य प्रथम ताजपुरिया साथै सिम्रीक बचत तथा ऋण सहकारी सस्था गौरादह शेयर सदस्यहरु क्रमश मोहन लाल ताजपुरिया,अनुपलाल माझी,देब कुमारी ताजपुरिया,जमुनासरी ताजपुरिया,बिरवती कुमारी ताजपुरिया,कबिता ताजपुरिया,जोगवती ताजपुरिया,चन्द्रा कुमारी ताजपुरिया,बिजय ताजपुरिया,प्रमिला ताजपुरिया,सभालाल ताजपुरिया,प्रमिला ताजपुरिया,सरिता कुमारी ताजपुरिया,भागनी ताजपुरिया,चिन्तामणी ताजपुरिया समेत उपस्थिति रहेको सेवाकेन्द्र प्रमूख आचार्यले बताएका छन् ।
बिभिन्न प्रकारका कर्जा कार्यक्रममा संलग्न रहेका आफ्ना शेयर सदस्यहरुलाई अकल्पनीय तथा आपतकालिन रुपमा आईपर्ने दुर्घटना, सर्पको टोकाई, बाढी पहिरोको प्रकोप, छोराछोरीको फि लगायतका तत्काल आवश्यक पर्ने रकमलाई आपतकालिन कर्जा मार्फत तत्काल रकम उपलब्ध गराउन थालिएको बताउने गौरादह सेवाकेन्द्रका प्रमूख आचार्यले बर्तमान आर्थिक संकट र आर्थिक मन्दीमा पनि आफ्ना
शेयर सदस्यहरुलाई निरन्तर साथ र सहयोग उपलब्ध गराउन सक्नु सिम्रिक साकोस प्रतिको सदस्यको बिश्वास, भरोषा र संस्थाको लगनशिलता नै रहेको सिम्रिक साकोसले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
देवकुमार नेपाली कहाँ छ, रवि दाइलाई थाहा छः पीडित
बैशाख १०, २०८१ सोमबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार