२२ चैत, काठमाडौं । समता घरेलु लघुवित्तले शेयर रजिष्ट्रारमा आरबीबी मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।
कम्पनी सञ्चालक समितिको चैत २० गते बसेको बैठकले बैशाख ३ गतेदेखि लागू हुनेगरी आरबीबी मर्चेन्ट बैंकिङलाइ रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो ।
अब समता घरेलुको शेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, शेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु आरबीबी मर्चेन्ट बैंकिङले गर्नेछ ।