यातायात महासंघको महाधिवेशन आइतबारदेखि सुरु हुने
नेपालबहस संवाददाता
चैत २४, २०७८ बिहिबार २०:५३:३०
२४ चैत, काठमाडौं । देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैटौँ राष्ट्रिय महाधिवेशन आगामी चैत २७ देखि २९ गतेसम्म हुने भएको छ ।
कोरोना महामारीका कारण लामो समयदेखि रोकिएको महाधिवेशन आइतबारदेखि काठमाडौंमा हुन लागेको हो । महाधिवेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ ।
महाधिवेशन प्रचार–प्रसार समितिका संयोजक एवं महासंघका महासचिव सरोज सिटौलाले महाधिवेशनको उद्घाटन काठमाडौँ रामशाहपथस्थित स्काइ दरबार बैंक्वेटमा तथा बन्दसत्र र निर्वाचनको कार्यक्रम भने ललितपुरको गोदावरीमा गर्ने गरी तयारी थालिएको जानकारी दिए ।
महाधिवेशनमा देशभरका सातै प्रदेशका यातायातमन्त्रीलाई समेत आमन्त्रण गरिएको छ । महासंघमा हाल देशभरका झण्डै ५०० यातायात कम्पनी आवद्ध छन् । महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले महाधिवेशनमा देशभरबाट एक हजार ५०० भन्दा बढी प्रतिनिधि एवं पर्यवेक्षक सहभागी हुने बताए ।
महासंघको महाधिवेशनले तीन वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने छ । महासंघको पाँचौँ राष्ट्रिय महाधिवेशन २०७४ माघमा चितवनमा सम्पन्न भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार