‘एमडी’ नियुक्ति गर्न टेलिकमको निर्देशिका नै परिवर्तन
नेपालबहस संवाददाता
चैत २५, २०७८ शनिबार २:५७:५०
२५ चैत, काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रवन्ध निर्देशक (एमडी)मा विवादास्पद व्यक्तिलाई नियुक्ति गर्दा निर्देशिकाका प्राब्धानलाई संशोधन गरेर पाइएको छ । आफ्नो स्वार्थ अनुकूलका मान्छे ल्याउनका लागि निर्देशिकाका प्रावधानहरू फेरेर नयाँ प्रबन्ध निर्देशकमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेललाई नियुक्ति गरेको हो ।
उनको नियुक्तिपछि नेपाल टेलिकममा कार्यरत कमर्चारीहरू आन्दोलनमा उत्रिएका छन् । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले प्रबन्ध निर्देशक नियुक्तिका लागि प्रक्रिया अघि बढाइसकेको अवस्थामा सरकारले निर्देशिका नै परिवर्तन गरेको हो । त्यसका लागि आवेदन स्वीकृत भएका नौजना उम्मेदवारहरूलाई ‘व्यावसायिक कार्ययोजना प्रस्तुति’को प्रक्रियाकै बेला निर्देशिका परिवर्तन गरेको स्रोतको दावी छ ।
नयाँ प्रबन्ध निर्देशकका लागि नौजनाले आवेदन दिएका थिए । हाल टेलिकममै कार्यरत टेलिकमकी चिफ कमर्सियल अफिसर संगीता पहाडी र मानवस्रोत विभाग प्रमुख सुरजसिंह थापा छन्। त्यस्तै पूर्वप्रबन्ध निर्देशक बुद्धि आचार्य, पूर्वव्यवस्थापक अमलेन्दुनारायण सिंह, पूर्वचिफ फाइनान्सियल अफिसर प्रदीपराज उपाध्याय, खानेपानी संस्थानका पूर्वमहाप्रबन्धक अर्जुनबाबु ढकाल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेल, त्रिभुवन विश्वविद्यालयको आविष्कार केन्द्रका पूर्वप्रमुख दीपक शाही र टेलिकमका पूर्वकर्मचारी नागेन्द्र दास रहेका थिए ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक पौडेल तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटासहित सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण आरोपित सुरक्षण मुद्रण केन्द्रका निर्देशक विकल पौडेलका नातेदार हुन् । कर्मचारी स्रोतका अनुसार सरकारले उनै सुनिल पौडेलको योग्यताअनुकूल हुनेगरी कर्मचारी नियुक्तिका प्रावधानहरूमा संशोधन गरेको थियो ।
टेलिकममै दशकौं काम गरेका बाहेक बाहिरका व्यक्ति प्रबन्ध निर्देशक बनेको नेपाल टेलिकमको इतिहास छैन र, टेलिकमबाट अवकाश पाइसकेका व्यक्ति पनि प्रबन्ध निर्देशकका रूपमा दोहोरिएका छैनन् । तर सरकारले पौडेललाई बाहिरबाट ल्याएर नियुक्ति गरेको हो । त्यहाँ कर्मचारी युनियनले दूरसञ्चार क्षेत्रमा विशेषज्ञता तथा परम्परा नमिचेर दूरसञ्चारमै अनुभवीहरूलाई नियुक्ति गर्न माग गरेपनि सरकारले त्यसलाई वेवास्था गर्यो ।
२०७२ सालमा जारी भएको निर्देशिकामा प्रबन्ध निर्देशकका लागि प्रतिस्पर्धामा सहभागी हुनचाहने उम्मेदवारको उमेर हद ५८ वर्षसम्म तोकिएको थियो । तर सरकारले संशोधन गरेको निर्देशिकाले ५६ वर्षमा झारेको थियो । यसअघिको १५ वर्षको कार्य अनुभव संशोधन गर्दै १२ वर्षमा झारिएको थियो । यस्तै, यसअघि प्रबन्ध निर्देशकको कार्यकाल तीन वर्ष तोकिएकामा त्यसलाई बढाएर चार वर्ष बनाइएको छ ।
टेलिकम सञ्चालक समितिले वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, सूचना प्रविधि, व्यापार प्रशासन, इलेक्ट्रोनिक इन्जिनियरिङ, कम्युटर इन्जिनियरिङ र टेलिकम्युनिकेसन इन्जिनियरिङमध्ये कुनै एकमा स्नातकोत्तर गरेका व्यक्तिले प्रतिस्पर्धा गर्न पाउने सिफारिस गरेको थियो । तर कार्यविधि संशोधन गरेर कानूनमा स्नातकोत्तर उत्तीर्ण भएको व्यक्तिले पनि प्रतिस्पर्धा गर्न पाउने बुँदा थपेपछि पौडेललाई ल्याउन बाटो खुलेको थियो ।
‘ नियुक्ति सहज बनाउन ‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधासम्बन्धी निर्देशिका २०७५’ मा प्रबन्ध निर्देशक (एमडी) को शैक्षिक योग्यता, उमेर हद, कार्य अनुभव र कार्य अवधि हेरफेर गरिएको हो’, स्रोतले भन्यो । दूरसञ्चार कम्पनी लिमिटेड वा सोही प्रकृतिको दूरसञ्चार सेवा प्रदायक संस्था वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था र निकायमा अधिकृतस्तरको पदमा कम्तीमा १५ वर्ष काम गरेको हुनुपर्ने प्रावधानलाई संशोधन गरी १२ वर्षमा झारिएको थियो । यसअघि कार्य अनुभव व्यवस्थापकीय पद (आठौं तहभन्दा माथि उल्लेख गर्दै ५ वर्ष) भनिएकामा अहिले १० र ११ तहकाले मात्रै दरखास्त हाल्न पाउने भनिएको छ । महाप्रबन्धकको कार्य अवधि पहिला ३ वर्ष रहेकामा ४ वर्ष बनाइएको छ ।
ओली नेतृत्वको सरकारमा सञ्चारमन्त्री रहेका गोकुल बाँस्कोटाको पालामा निकै विवादित बनेको सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिद प्रकरणमा जोडिएका पौडेललाई वर्तमान सरकारले सहजै नियुक्ति गरिदियो । सूचना प्रविधिको व्यापारमा नाम कमाएका उनका दाजु नाता पर्ने विकल पौडेल त्यो बेला सेक्युरिटी प्रेस खरिद प्रकरणका मुख्य दोषी थिए । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसन मागेको कुरा बाहिरिएको थियो ।
सञ्चारमाध्यमहरूले सार्वजनिक गरेको बाँस्कोटा र स्वीस कम्पनीका नेपाल एजेण्ट विजय प्रकाश मिश्रबीचको कमिसन डिलिङको अडियो बाहिरिएपछि बाँस्कोटाले राजीनामा दिएका थिए । सरकारले सुरुमा स्वीस कम्पनीलाई दिने भनिए पनि जर्मनी कम्पनीलाई दिन लागिएपछि अडियो सार्वजनिक भएको थियो । स्रोतका अनुसार सो ‘सेटिङ’का मुख्य खेलाडी पनि पौडेल नै हुन् ।
सुरक्षण मुद्रण केन्द्रका निर्देशक विकलले सरकारी वा गैरसरकारी क्षेत्रका सूचना प्रविधिका सबै ठूला कामहरू ठेक्कापट्टा आफ्नै हातमा लिएका छन् । सरकारी विद्यालयमा कम्युटर बाँड्नेदेखि अनेक अनियमिततामा मुछिएका विकलका सबै परिवार अमेरिका बस्छन् । र, सूचना प्रविधिको क्षेत्रमा सरकारी नियुक्ति पाउने पनि यिनै दुई भाइ नै हुन्छन । राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक पौडेल कम्युटर इन्जिनियर हुन् । एउटा निकै तल्लो तहको करार कर्मचारीका रूपमा सिंहदरबार छिरेका उनी अहिले सरकारको सूचना प्रविधि केन्द्रको निर्देशकसम्म भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार