१६ असार २०७९, बिहीबार

जीवन विकास लघुवित्तको सभाले पारित गर्यो लाभांश

प्रकाशित मिति :  २७ चैत्र २०७८, आईतवार ११:१८


२७ चैत, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको सभा सनिबार सम्पन्न भएको हो । सभाले बोनस शेयर र नगद लाभांश प्रस्ताव पारित भएको छ।

मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको संस्थाले शनिबार साधारणसभा गरेको हो। सभाले ४२ करोड ५८ लाख ८० हजार रुपैयाँ बराबरको बोनस सेयर र २ करोड २४ लाख १४ हजार ७ सय ३६ रुपैयाँ नगद लाभांशको प्रस्ताव पारित गरेको छ।

आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफाबाट गत असार मसान्तमा कायम चुक्ता पुँजी ६० करोड ८४ लाखको ७० प्रतिशतले हुन आउने ४२ करोड ५८ लाख ८० हजार बोनस सेयर पारित गरेको हो। यस्तै ३.६८४२ प्रतिशतले हुनआउने २ करोड २४ लाख १४ हजार ७ सय ३६ रुपैयाँ नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर समेत) साधारण सभाबाट पारित भएको छ।

सेयरधनीमध्येबाट २ जनालाई साधारणसभाले सञ्चालक समितिमा ल्याएको छ। गोकर्ण खतिवडा र अशोक सिटौला निर्वाचन प्रक्रियाबाट सञ्चालक समिति सदस्यमा आएका हुन्।

शेयरधनीमध्येबाट सञ्चालक समितिमा जान तयारमध्ये खतिवडाले ६७,४४७ मत, सिटौलाले ५३,९०३ र ज्ञानबहादुर पौडेलले ४,५३७ मत पाएका थिए। सञ्चालक सदस्यमा निर्वाचित दुवैलाई संस्थाका अध्यक्ष विक्रमराज सुवेदीले प्रमाणपत्र हस्तान्तरणसँगै सपथ ग्रहण गराएका थिए।


247
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा

विपद्ले घेरिएकाे कर्णाली
नेपालबहस संवाददाता


खोलामा बगेर बालक बेपत्ता
नेपालबहस संवाददाता