सुपारी आयात खुलाउन मूख्यसचिवकै संलग्नता
नेपालबहस संवाददाता
बैशाख २, २०७९ शुक्रबार १७:१:२
२ बैशाख, काठमाडाैं । भारतीय बजारमा बैध तरिकाले सुपारी पठाउनका लागि कार्यविधि संशोधन गर्न मूख्यसचिव नै अग्रसर भएको पाइएको छ । गत चैत १७ गते बिहीबार मात्रै सरकारले कार्यविधि संशोधन भएको जानकारी दिएको बेला संशोधनका लागि मूख्यसचिवले शंकरदास वैरागीले आपूर्ति सचिव गणेशप्रसाद पाण्डेलाई दवाव दिएको पाइएको हो ।
गत चैत १७ गते बिहीबारबाट सरकारले औपचारिक रुपमा गुट्खा उद्योगका लागि आवश्यक कच्चा पदार्थ अभाव भएको भन्दै २५ हजार टन सुपारी आयात खुलाको निर्णय गरेको छ । झण्डै दुई महिना अघिको मन्त्रिपरिषद बैठकबाट सुपारी आयात खोल्ने निर्णय भएपनि चैत १७ गते बिहीबारबाट औपचारिक रुपमा खुला गरिदिएको छ ।
सुरुमा श्रीराम टोबाको, उपकार गुट्खा र देउती गुट्खाको नाममा सुपारी आयात गर्न दिनेगरी मूख्यसचिवले प्रस्ताव उठाउन निर्देशन दिएका थिए तर यो निर्णय कार्यान्वयन गर्न नसकिने देखिएपछि निर्णय सच्याएर ती उद्योगले दिएका फर्मका नाममा आयात अनुमति दिने गरी प्रस्ताव पठाउन लगाएको हो । ‘माथिको आदेश भन्दै मूख्यसचिवले आपूर्ति सचिवलाई त्यस्तो निर्देशन दिएको थिए’, स्रोतले भन्यो । तर आपूर्ति मन्त्रालयका अधिकारीहरुले मूख्यसचिव भन्दा पनि माथिल्लो अधिकारी कोही हुननसक्ने भन्दै असन्तुष्टि जनाएका थिए ।
स्रोतका अनुसार मूख्य सचिव बैरागीले सुपारी आयात खोल्ने निर्णय गुपचुप राखेर प्रक्रिया अगाडि बढाउन पाण्डेलाई निर्देशन दिएका थिए । स्रोतका अनुसार मन्त्रिपरिषदले विराटनगर र भैरहवाका व्यवसायीको नाममा रहेको फर्मलाई कोटा तोकेरै आयात अनुमति दिने निर्णय गरेको छ । त्यही निर्णय अनुसार पाण्डेले उपभोक्ता हित संरक्षण विभागलाई कानुनी प्रक्रिया पुर्याएर मन्त्रिपरिषदमा प्रस्ताव पठाएको सोही निर्णय स्वीकृत भएको हो । २०७३ तथा ०७४ मा दर्ता भएको एनी एन्जल्स बिजनेश प्रालिका नाममा धेरै सुपारी आयातको कोटा दिइएको छ ।
आयात खोल्न आवरणमा उद्योग देखिएपनि पर्दा पछाडि विराटनगर र भैरहवाका सुपारी कारोबारी रहेका छन् । उद्योगका नाममा आउने सुपारी त्यही व्यवसायीले अवैध रुपमा भारत पठाउने गरेका छन् । ‘उनीहरु सुपारीका पुराना खेलाडी हुन्, शक्तिकेन्द्रलाई प्रभावमा पारेर सुपारी आयतको जिम्मेवारी लिए, जुन सुपारी नेपाली बजारमा खपत हुँदैन’, स्रोतले भन्यो । व्यापारीहरुले इण्डोनेसियाबाट नेपाल ल्याएर स्टोर गर्दे एकवर्षभित्र भारत पठाउने गरेका छन् । उनका अनुसार करोडौं नाफा हुने भएकाले त्यस्ता व्यवसायीले सरकारको नेतृत्वमा आर्थिक प्रभावमा पार्ने गरेका छन् । त्यही दबाब अनुसार परिमाणात्मक बन्देज लगाएर हरेक वर्ष सुपारी आयात खुला गरिन्छ ।
यसअघि उद्योगका लागि सुपारी आयात गर्नका लागि उद्योग विभागमार्फत कार्यविधि बनाइएको थियो । त्यही कार्यविधिलाई टेक्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत मन्त्रिपरिषदमा सुपारी आयात खुला गर्ने प्रस्ताव अगाडि बढाइएको थियो । त्यही कार्यविधि अनुसार उद्योगलाई आयात गर्न दिने निर्णय गरिएको थियो । तर कार्यविधि अनुसार उद्योगले सुपारी आयात गर्न नसक्ने देखेपछि त्यसलाई हटाएर मूख्यसचिव मार्फत आपूर्ति सचिवलाई अर्को प्रस्ताव बनाउन लगाइएको हो ।
यसको खेलोफड्कोमा बुटवलस्थित नेपालको सबैभन्दा ठूलो गुट्खा उद्योग श्रीराम टोबाकोका सञ्चालक कमल मालपानी, व्यापारी अनिल रुङगटा, प्रधानमन्त्री पत्नी आरजु देउवा र केही अन्य व्यापारी र पूर्व प्रशासकहरु समेत सहभागी रहेको स्रोतले जनाएको छ । साथै सुपारीका आयाकर्ता दिनेश राठी पनि यसमा सहभागी रहेको स्रोतको दावी छ ।
र याे पनि……
यसरी शुरु भएको थियो सुपारी आयातको लाइन खुलाउने डिजाइन
यस वर्ष सुपारी आयात खुला गर्दा ६० करोडको डिल
शक्तिको आडमा सुपारी आयात खुला: यी हुन् भारततर्फ तस्करीको लाइन चलाउने व्यापारीहरु
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने
बैशाख १३, २०८१ बिहिबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा
बैशाख १३, २०८१ बिहिबार
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ किनबेच ?
बैशाख १३, २०८१ बिहिबार
कटहरियाको आकस्मिक कक्षमा डाक्टर नहुँदा बिरामीका आफन्तद्वारा तालाबन्दी
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
पुरख्यौली नृत्य प्रतियोगिता
बैशाख १३, २०८१ बिहिबार