रोजगारीका लागि साउदी अरेबिया जाने युवा ठगिँदै
नेपालबहस संवाददाता
बैशाख ५, २०७९ सोमबार १२:५०:१३
५ बैशाख, काठमाडौं । रोजगारीका लागि साउदी अरेबिया जाने युवा ठगिँदै आएका छन् । रोजगारीका लागि साउदी अरेबिया जाने युवासँग म्यानपावर र एजेन्टले चर्को सेवा शुल्क लिएको र सम्झौताविपरीत काममा लगाएको पाइएको आजको कारोबार दैनिकले समाचार छापेको छ ।
साउदीस्थित नेपाली दूतावासले पछिल्ला दिनमा साउदी अरबमा रोजगारीमा आएका उल्लेख्य सङ्ख्याका नेपाली युवालाई म्यानपावर र एजेन्टले तोकिएको शर्त पालना नगरी काममा पठाएको जनाएको छ। दूतावासले सूचना जारी गर्दै रोजगारीका लागि त्यहाँ गएका युवाले काम र तलब नपाएको, तोकिएभन्दा बढी पैसा तिरेर गएको जनाउँदै युवाले दुःख पाएको गुनासाहरू आएको बताएको छ।
आफ्नै चिनजानका मानिस एजेन्ट बनेर ठगी गरेका घटना पनि धेरै देखिएको दूतावासको भनाइ छ । नेपाल सरकारले वैदेशिक रोजगारीमा कामदार पठाउन एजेन्टको भूमिकालाई गैरकानुनी मानेको भए पनि पछिल्लो समय समूह नै बनाएर युवासँग ठूलो रकम असुलेको पाइएको छ।
साउदी जाने युवामा ठगीका घटना बढ्न थालेपछि दूतावासले एजेन्टको पछि नलाग्न अनुरोध गर्दै राम्रा म्यानपावर कम्पनीमार्फत प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ। यसैगरी साउदीमा काम गरी स्वदेश फर्केका वा कम्पनीमा काम गरिरहेका साथीभाइसँग कुरा बुझेर मात्र आउन र कम्पनीको नाम, काम र स्थान बुझेर जान अनुरोध गरिएको छ। कारोबार दैनिक
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय
बैशाख १३, २०८१ बिहिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार