सरकारी दाबी : अर्थतन्त्रको सबै सूचक सकारात्मक
नेपालबहस संवाददाता
बैशाख १९, २०७९ सोमबार २१:५१:३०
१९ बैशाख, काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रका करिब अधिकांश सूचक सकारात्मक दिशातर्फ अग्रसर भएको बताएको छ। गत आर्थिक वर्षको तुलनामा यस वर्ष करिब पौने ६ खर्बले अर्थतन्त्रको आकारमा वृद्धि हुने केन्द्रिय तथ्यांक विभागले दाबी गरको छ।
चालु आर्थिक वर्षमा चालु मूल्य अनुसार कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा ४८ खर्ब ५१ अर्ब ६३ करोड हुने बताइएको छ। त्यस्तै विभागले कुल ग्राहस्थ उत्पादन वृद्धिदर उपभोक्ताको मूल्यमा ५.८४ प्रतिशत, प्रतिव्यक्ति आय कूल ग्राहस्थ उत्पादनमा एक लाख ६४ हजार पाँच सय ९८ रुपैयाँ हुने जनाएको छ।
गत आर्थिक वर्ष २०७७/७८ मा नेपालको जीडीपीको आकार उपभोक्ता मूल्यमा ४२ खर्ब ७७ अर्ब ३० करोड पुगेको संशोधित अनुमान छ। चालु आर्थिक वर्षको अन्त्यसम्ममा यो आकार ४८ खर्ब ५१ अर्ब ६३ करोड रुपैयाँ बराबर पुग्ने प्रक्षेपण गरिएको हो। चालु मूल्य अनुसार कुल ग्राहस्थ उत्पादन (जिडिपी)आधारभूत मूल्यमा ४१ खर्ब ५ अरब ५४ करोड पुग्ने प्रक्षेपण गरिएको छ।
विश्वमा कोभिड १९ को महामारीको अवस्था अहिले पनि विद्यमान छ। कोभिडको असरलाई न्यून गर्नका लागि अवलम्बन गरिएको आन्तरिक तथा बाह्य प्रयासहरूको प्रभाव हाम्रो अर्थतन्त्रमा पनि पर्ने देखिन्छ। तथापि हालका दिनहरूमा नेपालमा कोभिडको प्रभावको अवस्था साह्रै न्यून रहेको र चालु आर्थिक वर्षको अन्तिमसम्ममा नै यसको नकारात्मक असर नरहने साथै आर्थिक क्रियाकलापहरू सामान्य किसिमले सञ्चालन हुने विश्वास सरकारको छ। सोही कारणले गर्दा ५।८४ प्रतिशत आर्थिक वृद्धिदर हुनेमा सरकार विश्वस्त रहेको विभागका अधिकारीहरूले बताएका छन्। आर्थिक वृद्धिदर कुल गार्हस्थ्य उत्पादन वृद्धिदर उपभोक्ताको मूल्यमा ५.८४ प्रतिशत र कुल गार्हस्थ्य उत्पादन वृद्धिदर आधारभूत मूल्यमा ५.४९ प्रतिशत रहने छ ।
चालू आर्थिक वर्षमा नेपालको कूल उत्पादन ७३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रहने अनुमान छ। नेपालमा उक्त ७३ खर्ब ५६ अर्ब ६१ करोडको उत्पादन हुनका लागि ३२ खर्ब ५१ अर्ब ६ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवाको खर्च हुने छ। जसलाई कूल मध्यवर्ती उपभोग भन्ने गरेको छ।
उक्त कूल उत्पादन अर्थात ७३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँबाट मध्यवर्ती उपभोग वापतको रकम ३२ खर्ब ५१ अर्ब ६ करोड रुपैयाँ घटाउँदा निस्कने रकम नै कूल गार्हस्थ्य उत्पादन ९जीडीपी० मा अर्थतन्त्रको आकार हुनेछ।
त्यस्तै, प्रतिव्यक्ति आय बढ्ने प्रक्षेपण गरिएको छ। चालु आर्थिक वर्षमा प्रतिव्यक्ति आय एक लाख ६४ हजार पाँच सय ९८ रुपैयाँ अर्थात् कूल ग्राहस्थ उत्पादनमा एक हजार तीन सय ७२ अमेरिकी डलर पुगेको छ। गत आर्थिक वर्षमा एक हजार दुई सय ३९ अमेरिकी डलर रहेको थियो। चालु आर्थिक वर्षमा प्रतिव्यक्ति आय एक लाख ६५ हजार छ सय ४९ रुपैयाँ अर्थात् कूल राष्ट्रिय उत्पादनमा एक हजार तीन सय ७२ अमेरिकी डलर पुग्ने छ।
पुँजी निर्माण र अन्तिम उपभोग खर्च समेत वृद्धि हुने बताइएको छ। मध्यवर्ती उपभोग चालु मूल्यमा कुल स्थिर पुँजी निर्माण १४ खर्ब २५ अर्ब ८ करोड कूल गार्हस्थ्य उत्पादनको २९.३७ प्रतिशत० र चालु मूल्यमा अन्तिम उपभोग खर्च ४४ खर्ब १ अर्ब ६७ करोड कूल गार्हस्थ्य उत्पादनको ९०.७३ प्रतिशत हुनेछ।
अर्थतन्त्रको अकार बढ्दा स्वभाविक रुपमा निर्यात र आयातको आकार पनि बढ्ने देखिन्छ। जसले गर्दा चालु मूल्यमा वस्तु तथा सेवा निर्यात ३ खर्ब २० अरब ७१ करोड कूल गार्हस्थ्य उत्पादनको ६.६१ प्रतिशत र चालु मूल्यमा वस्तु तथा सेवा आयात १८ खर्ब २० अर्ब ८२ करोड कूल गार्हस्थ्य उत्पादनको ४१.४९ प्रतिशत रहने बताइएको छ। त्यस्तै, चालु मूल्यमा कुल राष्ट्रिय बचत कूल गार्हस्थ्य उत्पादनको ३१.९५ प्रतिशत र विप्रेषण ९ खर्ब ६१ अर्ब ७ करोड कूल गार्हस्थ्य उत्पादनको १९.८१ प्रतिशत रहने छ।
सरकारी निकायले सार्वजनिक गरेको मुलुकको अर्थतन्त्र सम्पूर्ण सकारात्मक तर्फ अग्रसर भएको दाबी गरिए पनि कोभिड –१९ महामारी र रसिया युक्रेन युद्धले विश्वका अर्थतन्त्र कमजोर बन्दै गएको अवस्थामा सरकारले गरेको प्रक्षेपण शंकाको घेरामा रहेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसवा २ खर्बले बढेर २३ खर्ब ८८ अर्ब पुग्यो सार्वजनिक ऋण
चैत ४, २०८० आइतबार
अर्थतन्त्र संकटमा छैनः अर्थमन्त्री
चैत ४, २०८० आइतबार
बैंक तथा वित्तीय संस्थाको कर्जा उत्पादनमूलक क्षेत्रमा प्रवाह हुनुपर्नेमा जोड
चैत ३, २०८० शनिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार