साविक विजेता न्यु डायमन्ड पराजित
नेपालबहस संवाददाता
बैशाख २०, २०७९ मंगलबार १८:३३:८
२० बैशाख, काठमाडौं । साविक विजेता न्यु डायमन्ड स्पोर्ट्स क्लब एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा एभरेस्ट भलिबल क्लबसँग पराजित भएको छ ।
मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न महिलातर्फको पहिलो खेलमा एभरेस्टले साविक विजेता न्यु डायमन्डलाई ३-२ को सेटमा हरायो ।
पहिलो सेट २६-२४ ले गुमाएको न्यु डायमन्डले दोस्रो र तेस्रो सेटमा १३-२५, २०-२५ को जित निकालेको थियो । तर, चौथो सेट २१-२५ ले हारेपछि खेल पाँचौ सेटमा लम्बियो । खेलको निर्णायक सेट बनेको पाँचौँ सेट पनि एभरेस्टले १५-१३ ले आफ्नो पक्षमा पार्दै प्रतियोगितामा पहिलो जित निकाल्यो ।
राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीसम्मिलित एभरेस्ट यसअघि त्रिभुवन आर्मीसँग २५-१९, २५-७, २५-१८ को सोझो सेटमा पराजित भएको थियो । न्यु डायमन्डको भने प्रतियोगितामा पहिलो खेल हो ।
प्रतियोगितामा दुई खेल खेलेको एभरेस्टले तीन अंक जोडेको छ । मंगलबारै हुने महिलातर्फको दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र आर्मीबीच प्रतिस्पर्धा हुँदै छ । प्रतियोगितामा तेस्रो दिन मंगलबार दुई महिला र तीन पुरुष गरी पाँच खेल हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई
बैशाख ६, २०८१ बिहिबार
धनकुटाको हिलेमा अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता शुरु
बैशाख ४, २०८१ मंगलबार
नयाँ वर्षमा गलकोटमा वाटर भलिबल गेम हुने
चैत २८, २०८० बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार