नेपाल टेलिकमका आधाभन्दा बढी इन्टरनेट प्रयोगकर्ता थ्रीजी प्रयोग गर्न बाध्य
नेपालबहस संवाददाता
बैशाख २१, २०७९ बुधबार १९:३३:२८
२१ वैशाख, काठमाडौं ।नेपालमा मोबाइल फोनको प्रयोग बढेसँगै इन्टरनेट प्रयोगकर्ता पनि बढेका छन्।पछिल्लो समयमा फोरजी प्रयोगकर्ता बढिरहेकाले थ्रीजीलाई फोरजीले विस्थापित गर्दै लैजाने विश्वास पनी गरिएको छ । गत माघ २०७८ सम्मको विवरणका आधारमा नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको ‘एमआईएस प्रतिवेदन’का अनुसार टेलिकमका १ करोड ९३ लाख डेटा प्रयोगकर्तामध्ये ९९ लाख ९५ हजार प्रयोगकर्ता थ्रीजीमै आश्रित छन् । टेलिकमको फोरजी प्रयोगकर्ताको संख्या ९३ लाख ०८ हजार पुगेको छ।
नेपाल टेलिकमले फोरजी सेवाको विस्तार गरिरहेपनि अझै पनि धेरै प्रयोगकर्ता थ्रीजी नै प्रयोग गर्न बाध्य छन् ।चौथो पुस्ताको मोबाइल सेवा फोरजी प्रयोगकर्ताको संख्यामा नेपाल टेलिकमले एनसेललाई उछिने पनि एनसेलको थ्रीजी प्रयोगकर्ताको संख्या टेकिलमको भन्दा कम छ।
एनसेलका १९ लाख ९७ हजार सब्स्क्राइबरले थ्रीजी चलाउँछन् । एलसेलको फोरजी प्रयोगकर्ताको संख्या ६५ लाख ४९ हजार पुगेका छन्।
फोरजी सेवामा लामो समय एनसेलले नै वर्चस्व कायम गरेको थियो । नेपाल टेलिकमले चार वर्षपछि भदौ २०७७मा महिनामा मात्रै फोरजी सेवामा निजी सेवाप्रदायक एनसेललाई उछिनेको थियो ।
टेलिकमले १७ पुस २०७३ गतेदेखि काठमाडौं र पोखरामा फोरजी सेवा उपलब्ध गराउन थालेको थियो । तर, टेलिकमभन्दा ५ महिनापछि ९१७ जेठ, २०७४० फोरजी सेवा थालेको एनसेलले शुरुआतमै तीव्र रुपमा देशभर नेटवर्क विस्तार गरेर सेवा दिएपछि टेलिकम तत्कालै ग्राहक संख्यामा पछि परेको थियो । एनसेलले शुरुआतमै ४० मुख्य शहरबाट थ्रीजी नेटर्वकको अपग्रेड गरेर सेवा थालेको थियो ।
तर, टेलिकमलाई काठमाडौं र पोखराबाहेकका क्षेत्रमा सेवा विस्तारका लागि ठेक्का लगाउन मात्रै २ वर्ष समय लागेको थियो । २०७५ माघमा टेलिकमले एक वर्षभित्र फोरजी सेवा देशभर पुर्याउने भन्दै दुई चिनियाँ कम्पनीलाई ठेक्का दिए पनि काम भएन । टेलिकमका अरु परियोजना जस्तै फोरजी विस्तारको काम पनि अलमलमा फस्दा एनसेलले ठूलो संख्यामा ग्राहक बटुलिसकेको थियो ।
टेलिकमले बजार मूल्यभन्दा महँगोमा ठेक्का लगाउन खोजेको भन्ने विवाद अख्तियारसम्म पुगेको थियो । बोलपत्र लिइसकेको ठेक्का प्रक्रिया अघि बढाउने वा नयाँ लागत मूल्य तयार गरेर अर्को ठेक्का प्रक्रियामा जाने राय अख्तियारले सञ्चार मन्त्रालयलाई दिएको थियो ।
तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ३६ महिनाको परियोजनालाई १२ महिनामै सक्ने शर्तमा दुई चिनियाँ कम्पनीलाई ठेक्का लगाउन सहमति दिएका थिए । छिटो विस्तार सक्दा त्यसबाट टेलिकमले छिटै लगानी उठाउने र लागत महँगो भए पनि लाभ हुने बास्कोटाको तर्क थियो ।
टेलिकमले फोरजी सेवा विस्तारका लागि चिनियाँ कम्पनी जेडटीई कर्पोरेसन र हङकङको सीसीएसआई कम्पनी ९हुवावे०सँग गत माघमा १८ अर्बको सम्झौता गरेको थियो ।
तर, ठेक्का भएर काम शुरु भएपछि पनि टेलिकमले तीव्र गतिमा नेटवर्क विस्तार गर्न सकेन । २०७६ फागुनसम्म फोरजी विस्तारको सबै काम सकिनुपर्थ्यो । २०७६ फागुनपछि ६ महिनामा काम सक्ने भनेर टेलिकमले ठेक्काको समय थपेको थियो । तर, २०७७ असारमा पनि नसकिएपछि पटक–पटक म्याद थप्दै आयोजना लम्ब्याइरहेको छ ।
नेपालमा जनसंख्याको करिब २८ प्रतिशत ९ ८० लाख० प्रयोगकर्ता तारसहितको इन्टरनेट चलाउँछन् भने जनसख्याको ९७ प्रतिशत व्यक्तिहरुले मोबाइल इन्टरनेट सब्स्क्राइब गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटेलिफोन अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट वञ्चित
चैत २७, २०८० मंगलबार
नेपाल टेलिकमले विमानस्थलमा निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने
फागुन ११, २०८० शुक्रबार
दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा
पुष २४, २०८० मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार