निर्माणाधीन अलपत्र टनेल कपडा सुकाउन प्रयोग
नेपालबहस संवाददाता
बैशाख २२, २०७९ बिहिबार २०:३२:५
२२ बैशाख, स्याङ्जा । भीरकोट नगरपालिका वडा नं ५ बगरेबजारमा साना किसान सहकारी संस्था मार्फत निर्माणाधिन टनेल अलपत्र अवस्थामा रहेको छ । यहाँका बासिन्दाहरुले यो टनेललाई विशेष गरी कपडा सुकाउन प्रयोग गर्छन् ।
तरकारी खेती प्रयोजनार्थ १० लाख रुपैया अनुदान सहयोगमा निर्माण हुन लागेको यो टनेल १ बर्षदेखि अलपत्र छ । हराभरा तरकारी हुनुपर्ने ठांउमा अहिले गन्धे झार फुलेको छ ।
व्यावस्थापकीय कमजोरीका कारण योजना अलपत्र परेको संस्थामा आवद्ध किसानहरुको गुनासो छ । यस साना किसान सहकारी संस्थाका अध्यक्ष विश्वनाथ अर्याल हुन् । अर्याल नै अध्यक्ष रहेको भीरकोट ६ को सल्लाघारी सहकारी पनि स्थापनाको केही समयमै बन्द हुन पुग्यो ।
सहकारी बन्द भएपछि यसमा आबद्ध शेयर सदस्यहरु आफ्नो लगानीको सुरक्षा माग गर्दै भीरकोट नगरपालिका पुगेका थिए । छरिएर रहेको पुंजी एकीकृत गरी गरिबि निवारणमा सहयोग पु¥याउनुको सट्टा उल्टो रकम हिनामिना गरेको अध्यक्ष अर्यालमाथि आरोप लागेको छ ।
अर्यालले सहकारी मार्फत कुखुराका चल्ला वितरणमा समेत अनियमितता गरेको आरोप छ । तिनै अर्याल अहिले नेकपा एमालेबाट भीरकोट नगरपालिकाको मेयरका उम्मेदवार छन् ।
यस क्षेत्रका दुईवटा संस्थामा सफल नेतृत्व गर्न नसकेका अर्यालले नगरकै नेतृत्व पाए भने कतै सल्लाघारी र साना किसान सहकारीको झै हुने त हैन भनेर जनता सशंकित छन् ।
सच्चाइएकाे ..
( पूर्वाधार विकास कार्यक्रमबाट सो टनेल निमार्णका लागि परेको १० लाख रुपैँया हुनुपर्नेमा प्राविधिक गल्तीवश २२ लाख हुन गएकोले सच्चाइएको छ । ) सम्पादक
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार