राष्ट्रिय भलिबल : एपिएफको जीत
नेपालबहस संवाददाता
बैशाख २३, २०७९ शुक्रबार २०:२१:१
२३ वैशाख, काठमाडौँ । छैटौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको महिलातर्फ सशस्त्र प्रहरी बल (एपिएफ) ले साविक विजेता न्यु डायमण्ड स्पोर्टस् क्लबलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा एपिएफले न्यू डाइमण्डलाई ३–० को सेटमा पराजित गरेको हो । एपिएफले न्यु डायमण्डलाई २५–१९, २५–१० र २५–९ को सेटमा पराजित गर्यो । जारी प्रतियोगितामा न्यु डायमण्डको यो लगातार चौथो हार हो । यस हारसँगै न्यु डायमण्डले ४ खेल १ अंक जोडेर प्रतियोगिताको अन्त्य गरेको छ । यता एपिएफको भने यो तेस्रो जीत हो । एपिएफको ९ अंक रहेको छ ।
महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, न्यु डायमण्ड र एभरेस्ट भलिबल क्बल सहभागी छन् । प्रतियोगिताको विजेता टोलीले रु छ लाख तथा उपविजेताले रु तीन लाख पाउनेछन् । त्यसैगरी तेस्रो हुने टोलीले रु एक लाख ५० हजार र चौथो हुनेले रु ७५ हजार प्राप्त गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमै पहिलो रुपमा भक्तपुरमा महिला कबड्डी प्रतियोगिता हुने
फागुन २८, २०८० सोमबार
पर्यटन प्रवर्द्धन गर्न रोटरीको ‘मिनी म्याराथन’
माघ २२, २०८० सोमबार
राष्ट्रपति रनिङ शिल्ड प्रतिगिताले ग्रामीण क्षेत्रमा बढायो ‘खेलकुद क्रेज’
माघ ३, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार