तपाईको आजको राशीफल कस्तो छ ?
ज्योतिषी: गणेश काफ्ले
बैशाख २४, २०७९ शनिबार १२:४५:५७
वि.सं.२०७९ साल बैशाख २४ गते । शनिबार । ईश्वी सन् २०२२ मे ०७ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । बैशाख शुक्लपक्ष । तिथि– षष्ठी, बिहान ११ बजेर ४४ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–पुनर्वशु, बिहान ०९ बजेर ४० मिनेट उप्रान्त तिष्य । योग– शूल, बेलुकी ०५ बजेर ४१ मिनेट उप्रान्त गंड । करण– तैतिल, बिहान ११ बजेर ४४ मिनेट उप्रान्त गर, रातको १२ बजेर ३६ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर २२ मिनेट । सूर्यास्त बेलुकी ०६ बजेर ३९ मिनेट । दिनमान ३३ घडी १४ पला । किरात समाज सुधार दिवस ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :- मायाप्रेममा बिश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यस्त हुँदा पढाईलेखाई कमजोर रहने छ । राजनीति तथा समाजसेवामा सहभागी हुनेहरुले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला छाती सम्बन्धी समस्या आउने तथा खर्च बढ्ने योग रहेको छ । तरपनि कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गरी भनेजस्तो आम्दानी गर्न सकिने छ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :- गलत लेखाई अथवा गलत बुझाईलो आाफ्नो साख गिर्न सक्छ ध्यान दिनुहोला । छोटो तथा रमाईलो यात्राको तय गर्न सकिने भएपनि वढि नै उत्साहित हुन खोज्दा नराम्रो घट्न घट्न सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा लगानी गरे पनि नाँफा कमाउन बढी नै समय खर्चनु पर्नेछ । मायाप्रेममा मनमुटाव सिर्जना हुने भएपनि अन्तत एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिने छ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :- साहित्य तथा कलाकारिता क्षेत्रमा समय खर्चिदै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । बोलेर गर्ने कुनै पनि पेशा व्यवसाय फस्टाएर जानेछ भने काउन्सेलिङ,मोटिभेसन जस्ता क्रियाकलापमा भाग लिन तारिफ योग्ग प्रस्तुती दिन सकिने छ । कुटुम्ब,आफन्त तथा नजिकका मानिससँग भेट भई पारिवारिक माहोलामा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा नजिक भई भावना साटासाट गर्न सकिने छ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :- अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडी छोडेर अग्र पंतिमा आउन सकिने छ । परिवारका साथ रमाईलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तब्य पहिल्याउन सहज हुनेछ । व्यवसाय फस्टाएर भने लगानीको नयाँ वातावरण बन्नेछ भने आम्दानीमा बढोत्तरीको योग रहेको छ । राजनीतिमा पद प्राप्तीको योग रहेको छ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे):- खानपान तथा मौसमको ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । आफन्त तथा अग्रजको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने जीवनसाथिसँग मनमुटाब बढ्ने छ । पढाईलेखाईमा ध्यान नजादा अरु भन्दा पछी परिने छ । बिदेशमा उत्पादित सामानको व्यवसाय फस्टाएर जानेछ मने स्वादेशी सामानको व्यापारमा मन्दि आउने छ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो):- आत्मबल कमजोर हुनाले बन्न लागेको काम पनि बिग्रने छ । काम गर्दिन्छन् कि भनेर अरुको आषा नगर्नुहोला । व्यापारमा प्रशस्त समय खर्चिए पनि उचित मुल्य पाईने छैन । अर्थ अभावले कामहरु प्रभावित हुनेछन् । बुवा तथा बुवा सरहका व्यक्तिहरुको धन सम्पती प्रयोग गर्दा ख्याल गर्नुहोला । आफन्त तथा दाजुभाईसँग सामान्य कुरामा मनमुटाब बढ्ने योग रहेको छ भने अध्ययनमा सफलता प्राप्त गर्न निकै समय खर्चिनु पर्नेछ ।
तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) :- व्यापारमा लगानी गर्नुभन्दा अगाडी आफन्त तथा अग्रजसँग सल्लाह गर्नुहोला समय मध्यम रहेको छ । सरकारी सेवामा बसेर सेवा प्रबाह गर्नेहरुले तपाईंको काम समयमा नगरि दिदा महत्वपूर्ण अवसरबाट बञ्चित हुनु पर्ने अवस्था आउन सक्छ ख्याल गर्नुहोला । तरपनि बिद्यार्थीहरुले पढाईलेखाईमा भनेजस्तो नतिजा हात पार्नेछन् भने अध्ययनकै सवालमा लामो दुरिको यात्रा हुनेछ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :- नयाँ जिम्मेवारी प्राप्त हुनेछ भने सफलतापूर्वक जीम्मेवारी सम्पादन गर्न सकिने हुनाले नाम तथा दाम दुवै कमाउन सकिने छ । साथिभाई तथा आफन्तका साथ रमाईलो वातावरणमा दिन बित्ने छ । पढाईलेखाईमा मन जाने हुनाले प्रतिस्पर्धीमा अरुभन्दा अग्र स्थानमा तपाईंको नाम आउने छ । सरकारी क्षेत्रमा तपाईंको गतिलो उपश्थितीले समाजमा छुट्टै पहिचान बनाउन सकिने छ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :- स्वास्थ्यमा आउने समस्याका कारण दैनिक कामहरु प्रभावित हुनेछन् । चिन्ता तथा छट्पटिले उर्जा तथा आत्मबिश्वासमा कमी ल्याउने छ । नगर्नु पर्ने काममा हात हाल्दा व्यवसायिक रुपमा घाटा लाग्नेछ । धन सम्पती तथा पैत्रिक धन हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पती तथा खनिज पदार्थको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्ना घट्न सक्छ । मायाप्रेममा धोका हुनेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी):- व्यवसाय फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा यात्रा हुनेछ । पर्यटन तथा यात्रासँग सम्बन्धीत क्षेत्रमा लगानी गर्दा मनग्गे लाभ मिल्ने छ । भौतिक सम्पतिको भरपुर प्रयोग मार्फत आम्दानी बढाउन सकिने छ भने अरुको मन आफुतिर आकर्षित गर्न सकिने छ । साझेदारी व्यवसायबाट मनग्गे लाभ लिन सकिने छ । प्रेममा रमाउन चाहने जोडिहरुका लागी समयले साथ दिनेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :- जीवनशैली व्यस्त रहेपनि आर्थिक पक्ष कमजोर रहने छ । कुनैपनि विवादमा सामेल नहुनुहोला हुलमुलमा फस्ने तथा नराम्रा परिणामको सामना गर्नु पर्नेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछी परिने छ । मायाप्रेममा चिसोपनको विकास हुनेछ ध्यान दिनुहोला । आफन्त तथा मामामावली पक्षसँग नजिक नहुनु तथा आजको दिन सँगै काम नगर्नु नै राम्रो रहेको छ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची):- मेहनेतले प्रतिष्ठित काम गर्ने अवसर जुराउनेछ । पढाईलेखाईमा उत्कृष्ट नतिजाका साथ तपाईको नाम एक कदम अगाडी आउने छ । सन्तान तथा छोराछोरीले प्रगति गर्ने हुनाले मन प्रशन्न रहने छ । बैकिङ क्षेत्रमा गरेको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । मायाप्रेमको गाठो कसिलो भएर जानेछ भने जीवन साथिले तपाईको काममा सहयोग गर्ने हुँदा समयमा नै काम सकाउन सकिने छ ।तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
चैत १५, २०८० बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
चैत ९, २०८० शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
चैत ८, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार