महत्वपूर्ण क्षेत्रमा सेनाको सुरक्षा
नेपालबहस संवाददाता
बैशाख २४, २०७९ शनिबार १४:१:४९
२४ वैशाख चितवन । जिल्लाको महत्वपूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी जिल्लाको महत्वपूर्ण मानिएको क्षेत्र कारागार कार्यालय चितवन र भरतपुर विमानस्थलको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको हो ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार निर्वाचनलाई लक्ष्य गरी जिल्ला सुरक्षा समितिको वैशाख १५ गतेको निर्णयानुसार महत्वपूर्ण निकायमा सेनाले सुरक्षाको जिम्मेवारी लिएको हो । यी क्षेत्रमा जेठ २ गतेसम्म नेपाली सेनाले सुरक्षाको जिम्मेवारी लिने छ । निर्वाचन नसकिएको खण्डमा समय थप गर्न सकिने उनले बताए ।
निर्वाचनको समयमा प्रहरीमा पर्याप्त जनशक्ति नहुने हुँदा सुरक्षाको जिम्मेवारी सेनालाई दिइएको उनले बताए । उनले भने “यी दुई क्षेत्रमा आन्तरिक काम नेपाल प्रहरीले गर्ने छ । सुरक्षा सेनाले दिनेछ ।” हरेक निर्वाचनमा महत्वपूर्ण प्रतिष्ठान र निकायमा सुरक्षाको जिम्मेवारी नेपाली सेनाले लिने गरेको छ ।
यही वैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनलाई लक्ष्य गरी जिल्लामा सुरक्षा व्यवस्थासमेत मजबुत बनाइएको छ । निर्वाचन सुरक्षा योजनाअनुसार अहिले मतदानस्थलको सुरक्षाको अवस्थाका बारेमा जानकारी लिने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।
उनका अनुसार अहिले मतदानस्थलको निरीक्षण, अनुगमनका काम भइरहेको छ । मतदानस्थलमा हुनसक्ने सम्भावित घटनाको समेत पूर्वानुमानका कामसमेत भइरहेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनाको हिमाल सफाइ टोली आज नाम्चेबाट सगरमाथा तर्फ प्रस्थान
बैशाख ५, २०८१ बुधबार
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
बैशाख ३, २०८१ सोमबार
सैनिक प्रवक्ताको जिम्मेवारी केसीलाई हस्तान्तरण
बैशाख ३, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
जाभी हर्नानडेज बार्सिलोनाको प्रशिक्षकमा रहिरहने
बैशाख १३, २०८१ बिहिबार
राष्ट्रपतिद्वारा हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन [ फोटोफिचर ]
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग
बैशाख १३, २०८१ बिहिबार
अभिताभ बच्चनलाई लता दीनानाथ मंगेशकर अवार्ड
बैशाख १३, २०८१ बिहिबार