एनआरएनएले क्रिकेट र फुटबल टिम ल्याउने
नेपालबहस संवाददाता
बैशाख २६, २०७९ सोमबार २३:१२:२५
२६ वैशाख, काठमाडौं । गैरआवासीय नेपाली संघअन्तर्गतको एनआरएन स्पोर्टस एकेडेमीका कार्यवाहक सदस्य(सचिव धर्मराज गिरीले एनआरएनएले नवौँ राष्ट्रिय खेलकुदमा समावेश ३६ खेलमध्ये १८ खेलमा सहभागी हुने बताएका छन् ।
उनले भने, ‘हामीले तयारी तीव्र पारेका छौं, अहिले खेलाडीहरूको विवरण संकलन गरिरहेका छौं । राखेपले तोकेको मितिसम्म खेलाडीको नाम दर्ता गर्छौं ।’ आठौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत इभेन्ट्समा मात्रै सहभागिता जनाएको एनआरएनएले यसपटक सामूहिक खेलमा सहभागिता जनाउँन लागेको हो । फुटबल, भलिबल र क्रिकेटका साथै बास्केटबलको पनि टिम आउने जनाइएको छ ।
क्रिकेटको टिम इंग्ल्याण्ड ‘युके’बाट आउनेछ । यसैगरी भलिबलको टिम अस्ट्रेलिया र युकेबाट ल्याउने तयारी छ भने बास्केटबलको टिम अस्ट्रेलियाबाट आउनेछ । फुटबलको टिम ल्याउने जिम्मा हिमालयन फुटबल क्लब मलेसियाका अध्यक्ष सन्तोष कार्कीलाई दिएको र उनले अस्ट्रेलिया र मलेसियाबाट खेलाडी छनोट गराएर टिम बनाउने बताए ।
एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्यले पनि नवौँ राष्ट्रिय खेलकुदका लागि आफू निकै उत्साहित रहेको बताएका छन् ।
विदेशमा बसेका नेपालीलाई नेपालसँग खेलकुदको माध्यमबाट जोड्न पाउँदा आफू उत्साहित भएको र प्रतियोगितामा एनआरएनएको सक्रिय सहभागिता हुने भन्दै तयारीका लागि कुनै कसर बाँकी नराख्न निर्देशन पनि दिएका छन् ।
खेलकुदका लागि एनआरएनएका तीन युवा उपाध्यक्ष हिमाल गुरुङ, राज रेग्मी र रोशन थापासहित संयोजकहरू अब्दुल बसिद र रवीन्द्र खड्काले विभिन्न देशमा रहेका एनसीसीहरूसँग समन्वय गरिरहेको कार्यवाहक सदस्य-सचिव गिरीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
महेन्द्रनगरमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु
बैशाख ४, २०८१ मंगलबार
रातो कार्ड पाएका रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध
बैशाख ४, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार