तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता
बैशाख २७, २०७९ मंगलबार १२:३६:११
वि.सं.२०७९ साल बैशाख २७ गते । मंगलबार । ईश्वी सन् २०२२ मे १० तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । बैशाख शुक्लपक्ष । तिथि– नवमी, दिउँसो ३ बजेर २७ मिनेट उप्रान्त दशमी । नक्षत्र– मघा, दिउसो ०३ बजेर १७ मिनेट उप्रान्त पू।फाल्गुनी । योग– ध्रुव, बेलुकी ०५ बजेर ३० मिनेट उप्रान्त व्याघात । करण– कौलव, दिउसो ३ बजेर २७ मिनेट उप्रान्त तैतिल, रातको ३ बजेर ४० मिनेट उप्रान्त गर । आनन्दादिमा–काल योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर २० मिनेट । सूर्यास्त बेलुकी ०६ बजेर ४१ मिनेट । दिनमान ३३ घडी २४ पला । सिताजयन्ती ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :- आफ्नो ज्ञानलाई सही समयमा प्रयोग गर्न सकिने हुदा चुनौती पन्छाएर काम बनाउन सकिने छ । बौद्धिकताको प्रतिस्पर्धामा तपाईकै जित हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउदा मन प्रफुल्लित हुनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पती पाउने योग रहेको छ । बैक तथा बित्तिय क्षेत्रसँग पेशाबाट भनेजस्तो लाभ लिन सकिने छ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :- अध्ययनमा समय दिन नसस्दा अरुभन्दा पछी परिनेछ भने अरुकै लागि श्रम तथा शक्ती खर्च हुनेछ । रमाईलो वातावरणमा पनि मन खिन्न हुनेछ । साथिभाई तथा आफन्तसँग बिवाद बढ्ने योग रहेकोछ ध्यान दिनुहोला । प्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा वैमनश्यता बढ्ने छ । व्यापार व्यवसाय समय लगानी गरे पनि आम्दानी थोरै हुनेछ । आमा तथा आफन्तसँग टाडिने योग रहेको छ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :- बौद्धिकस्तर उच्चतहको रहनाले भाग्यशक्ति बलियो बन्नेछ । अध्ययन अध्यापनले क्षेत्र सफल हुनेछ । धार्मिक जगतमा ख्याति पाईने योग रहेकोछ । पापीय मनोवृत्ति निश्कृय हुनेछ । दुर्घटना लगायत दैवी विपत्तिमा न्यूनिकरण आउला । नोकरीमा ख्याती बढ्ने कार्यले प्रशंसित बनाउला । राजनीतिक गतिविधीबाट समाजमा प्रभावशाली व्यक्तित्वको परिचय बन्ने योग रहेको छ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :- व्यापार व्यवसायमा बाट मनग्गे आम्दानी हुनेछ भने आम्दानी बढ्ने हुनाले काम गर्न जोस जागर आउने छ । मायाप्रेममा एक अर्कालाई बिश्वास गर्दै जान सकिने हुनाले मन प्रशन्न रहने छ । कला, साहित्य तथा यस्तै क्षेत्रमा समय खर्चिने हरुले मनग्गे धन तथा सम्पती कमाउन सक्नेछन् । पढाईलेखाईमा थोरै समय दिए पनि सफलता हात लाग्नेछ । कुटुम्बबाट आवश्यक सहयोग पाईने हुँदा मन खुशी रहने छ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे):- अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडी छोडेर अग्र पंतिमा आउन सकिने छ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यवसाय फस्टाएर भने लगानिको नयाँ वातावरण बन्नेछ भने आम्दानीमा बढोत्तरिको योग रहेको छ । परिवारका साथ रमाईलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बैक तथा बित्तिय क्षेत्रको शेयरबाट आम्दानी गर्न सकिने छ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो):- खानपान तथा मौसमको ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । आफन्त तथा अग्रजको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेको छ । मायाप्रेममा धोका हुनेछ भने जीवनसाथिसँग मनमुटाब बढ्ने छ । पढाईलेखाईमा ध्यान नजादा अरु भन्दा पछी परिनेछ । बिदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ मने स्वादेशी सामानको व्यापारमा मन्दि आउने छ ।
तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) :- परिवार,आफन्त र ईष्ट मीत्रसँग आत्मियता तथा सद्भाव बढ्ने छ । सामाजिक सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्ने छ । राजनीतिक काममा सफलता मिल्ने छ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । शत्रुहरु पराजित हुनेछन् । पतिपत्नीबीच सम्बन्धमा सुधार आउने छ । राजनिति तथा समाजसेवा जस्ता क्षेत्रमा तपाईको नाम चर्चामा आउने छ । तथा विवादित बिषयहरु तपाईकै पक्षमा फैसला हुनेछ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :- कर्मभावमा गोचर गर्ने चन्द्रमाले सकारात्मक सोचको विकास हुनेछ भने नया प्रविधिको प्रयोग गरी समय अनुसार अपडेट होईने छ । व्यापार व्यवसायमा नयाँ प्रयोग गरी मनग्गे आम्दानी गर्न सकिने छ । कामको खोजिमा हुनेहरुले नयाँ काम पाउने तथा गरिरहनेहरु बढुवा हुन सक्ने योग रहेको छ । प्रेममा नजिक हुने समय रहेको छ भने घर परिवारमा सबैको सल्लाह सुझाब पाईने हुनाले मन प्रशन्न रहने छ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :- लामो समयदेखि रोकिएका कामहरु बन्नुको साथै गरिरहेको कामबाट मनग्गे आम्दानी हुने छ । आफन्त तथा जीवनसाथिको साथ पाईने हुनाले मन प्रशन्न हुने छ । समाजमा तारिफयोग्य काम गरी नाम कमाउन सकिने छ भने सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्बाह गर्नु पर्नेछ । उच्च शिक्षाको लागी लामो दुरिको यात्रा हुनेछ । व्यापारबाट मनग्गे आम्दानी गर्न सकिने छ भने घरायसी सुख सुविधा भरपुर मात्रामा प्रयोग गर्न पाईने छ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी):- सवारीसाधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यास्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुने छ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाईलेखाईमा समय दिन नसक्दा अरुभन्दा पछी परिने चिन्ताले सताउनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानीका स्रोतहरु साघुरिने छन् । मायाप्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउने छ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :- उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आउने छ भने बहुमुल्य धातु संग्रह गर्न सकिने छ । शुभ चिन्तकहरुको सहयोग तथा सद्भाव पाईने हुनाले समयमा नै कामहरु सम्पन्न हुनेछन् । भौतिक सम्पती तथा विलाशी वस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिने छ । बन्धु बान्धबहरुको सहयोग तथा समर्धन पाईने हुनाले उपलब्धीमुलक कामहरु गर्न सकिने छ । प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :- कुनैपनि प्रतिस्पर्धामा तपाईको नम अग्र स्थानमा आउने छ । बिछोड भएका आफन्त हरुसँग भेट घाटले मन प्रफुल्लित हुनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आय आर्जनका स्रोतहरु बढ्ने छन् । सरकारी कार्यालयमा सामान सप्लाई गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । प्रेममा नजिक हुने योग रहेको छ । पुराना ऋण तथा रोगबाट छुटकारा पाईने समय रहेको छ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाईने छ ।
तपाईको दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३, २०८१ सोमबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार