२७ बैशाख, काठमाडौं । यहि बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा देशभरका ६ महानगर, ११ उपमहानगरसहित सात सय ५३ स्थानीय तहमा निर्वाचन हुँदै छ ।
तर, चुनावी मौसमको ‘पारामिटर’ भरतपुर महानगरमा सबैभन्दा उच्च छ । सत्ता र विपक्षी गठबन्धनका शीर्ष नेताहरूले प्रतिष्ठाको विषय बनाएर गरिरहेको दाउपेचका कारण भरतपुरको निर्वाचन पेचिलो बन्दा मतदान भरतपुरमा भए पनि असली प्रतिष्ठाको लडाइँ बालुवाटार–खुमलटार र बालकोट खबर आजको नयाँपत्रिकाले लेखेको छ ।
पाँचदलीय सत्तागठबन्धनका तर्फबाट माओवादी नेतृ एवं निवर्तमान मेयर रेनु दाहाल मैदानमा छिन् भने राप्रपासँग तालमेल गरेर एमालेले विजय सुवेदीलाई अगाडि सारेको छ । कांग्रेसका जगन्नाथ पौडेलको बागी उम्मेदवारीले पनि चुनावी मौसम थप तातो बनाइदिएको छ । भरतपुरका वडासम्मै कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच पूर्ण तालमेल छ ।
आफ्नो गृहनगर भएका कारण माओवादी अध्यक्ष प्रचण्डले चुनावलाई प्रतिष्ठा बनाएका छन् । त्यस्तै, आफ्नो सरकारको बहिर्गमनदेखि एमाले विभाजनसम्ममा भूमिका खेलेको भन्दै प्रचण्डसँग रुष्ट एमाले अध्यक्ष केपी ओलीले भरतपुरबाटै बदला लिने गरी सम्पूर्ण शक्ति प्रयोग गरेका छन् । त्यसैले भरतपुरको निर्वाचनमा सिंगो देशको चासो समाचारमा भनिएको छ ।
बिहीबार पाँचदलीय गठबन्धनको चुनावी सभामा शीर्ष नेताहरूले रेनुको पक्षमा मत मागेका छन् । यसले क्रमशः कांग्रेसका असन्तुष्ट नेता–कार्यकर्ता गठबन्धनप्रति जवाफदेही हुन थालेका छन् । चुनावी सभामा माओवादी अध्यक्ष प्रचण्डको रेनुले चुनाव हारे देश दुर्घटनामा जान सक्ने अभिव्यक्तिले राजनीतिक तरंग पैदा गरेको छ । भरतपुरले गठबन्धनको भविष्य तय गर्ने उनको अभिव्यक्तिले कांग्रेस सभापति शेरबहादुर देउवामाथि पनि दबाब बढेको छ । नयाँ पत्रिका